एन आई सी एशिया क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं : एन आई सी एशिया क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शुक्रबार क्यापिटलको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८२÷०८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणहरुमाथि छलफल गरेको छ।
उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।
उक्त सभामा संचालक समितिको अध्यक्ष रुपेश लुईटेलले २० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा २८ करोड ९८ लाख भन्दा बढी आम्दानी गरी १० करोड ५१ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराएका छन्।
उनका अनुसार व्यवसायतर्फ असार मसान्तसम्म ८ लाख ६३ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ४ वटा बन्दमुखी र दुई वटा खुलामुखी योजना गरी जम्म ६ वटा योजनामार्फत ७ अर्ब भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको र लगानी व्यवस्थापन सेवा अन्तर्गत ७१० जना ग्राहकहरुबाट ३ अर्ब भन्दा बढीको रकम व्यवस्थापन गर्न लिमिटेडसफल भएको छ ।
प्रतिक्रिया दिनुहोस !