एन आई सी एशिया बैंकद्वारास्वास्थ्य चौकी र विद्यालयलाई सहयोग प्रदान

एन आई सी एशिया बैंकद्वारास्वास्थ्य चौकी र विद्यालयलाई सहयोग प्रदान
सुन्नुहोस्

काठमाडौं : एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फलेवास नगरपालिका–४, पर्वतस्थित मुडिकुवा स्वास्थ्य चौकी, जयनगर, बारबर्दिया नगरपालिका–६, बर्दियास्थित श्री अंशुवर्मा माध्यमिक विद्यालय र चन्दननाथ नगरपालिका–१, जुम्लास्थित श्री मालिका आधारभूत विद्यालयमा सहयोग प्रदान गरेको छ। 

बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको मुडिकुवा स्वास्थ्य चौकीलाई बिरामी उपचारमा आवश्यक पर्ने Needle Cutter and Needle Burner, Wheel Chair, OPD Bed, BP Set, Stadiometer, Screen, Foot Steps, Peri Light, Fetal Doppler, Stainless Steel Waiting Chair, Water Dispenser जस्ता स्वास्थ्य उपकरण तथा सामग्रीहरु उपलब्ध गराएको छ । भाद्र २५ गते एक विशेष कार्यक्रमका बीच बैंकका पोखरा सर्कल हेड स्वेता शेरचन तुलाचन र न्युरोड पोखरा शाखा प्रमुख विजय चापागाईंले स्वास्थ्य चौकी इन्चार्ज दुर्गा बहादुर थापा र उक्त वडाका अध्यक्ष अच्यूत तिवारीलाई संयुक्त रुपमा उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। 

त्यसैगरी, बैंकले १०१३ जनाभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत अशुंवर्मा माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउदै स्वस्थकर पानी पिउने वातावरण निर्माण गर्न UV Water Filter and Water Cooler जडान गरेको छ । भाद्र १७ गते एक विशेष कार्यक्रमका बीच बैंकका नेपालगञ्ज सर्कल हेड अशोक कुमार तिमिल्सेना र मगरागढी शाखा प्रमुख महेन्द्र बहादुर शाहीले संयुक्तरुपमा उक्त विद्यालयका प्रधानाध्यापक पूमराज शर्मालाई उक्त सेवा जडान गरेर हस्तान्तरण गरेका हुन्।

साथै, बैंकले दुर्गम क्षेत्रमा अवस्थित मालिका आधारभूत विद्यालयमा अध्ययनरत १११ भन्दा धेरै विद्यार्थीहरुले डिजिटल प्रविधिमा आधारित आधुनिक शिक्षा प्राप्त गर्न सहयोग होस् भन्ने उद्देश्यसहित स्मार्ट बोर्ड प्रदान गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.