नेपाल भलिबल लिग : काठमाडौँलाई पराजित गर्दै कर्णाली शिवराज फाइनलमा
काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल)को प्लेअफमा काठमाडौं रेड्सलाई पराजित गर्दै कर्णाली शिवराज फाइनल प्रवेश गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा कर्णाली शिवराजले काठमाडौं रेड्सलाई ३–१ सेटले पराजित गरेको हो।
कर्णाली शिवराजले काठमाडौं रेड्सलाई २५–२१, २०–२५, २५–२३ र २५–२२ ले हराएको छ।
पहिलो सेटमा सुरुवाती अग्रता लिएको काठमाडौं रेड्सले अग्रता जोगाउन नसक्दा सेट गुमायो। पहिलो सेटमा ६ अंकसम्म अग्रता बनाएको काठमाडौँले त्यसपछि भने लगातार बराबरी हुँदै १६ अंकबाट पछि पर्यो। त्यसरी नै २१–१८ हुँदै २५–२१ ले कर्णाली शिवराजले सेटमा जित हासिल गरेको हो।
दोस्रो सेटमा भने सुरुवाती समयबाटै अग्रता बनाएको काठमाडौँले कर्णालीलाई १४–८ ले पछि पारेको थियो। १९–१३ , २२–१६ हुँदै २५–२० ले सेट जित्दै काठमाडौंले दोस्रो सेटमा कमब्याक गर्यो।
तेस्रो सेटमा कर्णालीले अग्रता बनाएको थियो। कर्णालीले ६–४ को अग्रता बनाएको थियो। ८–८ बराबरीमा काठमाडौंले खेललाई बराबरीमा ल्यायो। १०–९ को काठमाडौंको अग्रता बनायो । १०(१० बराबरी हुँदै १३–११ को कर्णालीले अग्रतालाई २०–१६ कर्णालीले एक अङ्क जोड्दा काठमाडौंले चार अङ्क जोड्दै खेल २१–२० को अवस्थामा काठमाडौंले कर्णालीलाई पछ्याइरहेको थियो। तर, अन्ततः २५–२३ मा कर्णालीले तेस्रो सेट आफ्नो पक्षमा पार्यो।
कर्णालीले चौथो सेटमा ८–५, १२–७, १६–१० ले अग्रता बनाएको कर्णालीले १८–१३, २०–१५ र २५–२२ ले चौथो सेटमा जित दर्ता गर्दै कर्णाली शिवराज फाइनल प्रवेश गरेको हो।
काठमाडौंले लिग चरणको खेलमा कर्णाली शिवराजलाई ३–१ ले पराजित गरेको थियो। यसैको ठिक विपरीत प्लेअफको नतिजा रह्यो ।
लिग चरणको खेलमा कर्णालीले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सलाई पराजित गरेको थियो । दोस्रो खेलमा खप्तड फालकन्सलाई र तेस्रो खेलमा सगरमाथा स्म्यासर्सलाई पराजित गरेको थियो। चौथो खेलमा भने काठमाडौं रेड्ससँग पराजित भएको थियो।
काठमाडौं रेड्स पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग पराजित भएको थियो। त्यसपछि भने टिमले लगातार जित दर्ता गरेको छ। दोस्रो खेलमा मधेश वरियर्सलाई हरायो। तेस्रो खेलमा सगरमाथा स्म्यासर्सलाई हराएको थियो। चौथो खेलमा काठमाडौँले कर्णालीलाई पराजित गरेको थियो। लिग चरणको अन्तिम खेलमा काठमाडौंले खप्तड फाल्कन्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाएको थियो।
अन्नपूर्ण स्पाइकर किंग्स भने ४ जित सहित १२ अंलको साथमा तालिकाको शीर्ष स्थानमा रहेर सिधै फाइनलमा स्थान बनाएको हो।फाइनल खेलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग कर्णाली शिवराजले शनिबार ४ बजे राखेपको कभर्ड हलमा खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !