प्रभु बैंकका संचालक तथा कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख बढी सहयोग

प्रभु बैंकका संचालक तथा कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख बढी सहयोग

काठमाडौं : भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन  भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको ४० लाख ८० हजार ५० पचास प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरिएको छ। 

उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका हुन्। यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई राहत  उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग जिल्ला प्रशासन कार्यालय,नुवाकोटमाफ्र्mत प्रभावित परिवारलाई उपलब्ध गराइएको थियो।

त्यसैगरी, प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेक समेत हस्तान्तरण गरेको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.