माणिक लामाको जीवन यात्रा स्मृतिग्रन्थ लोकार्पण

माणिक लामाको जीवन यात्रा स्मृतिग्रन्थ लोकार्पण
सुन्नुहोस्

काठमाडौं: कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल,एमाले उपमहासचिवयोगेश भट्टराई, उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ,   पूर्वमन्त्रीद्वय गोकुल बाँस्कोटा,पम्फा भुसाललगायतको उपस्थितिमा उक्त स्मृति ग्रन्थ लोकार्पण गरिएको हो।

नेपालका कम्युनिष्ट आन्दोलनमा उनले पुर्‍याएको योगदान अविष्मरणीय र अनुकरणीय रहेको कार्यक्रमका वक्ताहरुले चर्चा गरे। सामाजिक, राजनीतिक, कूटनीतिक, विकासप्रेमी र क्रान्तिकारी व्यक्तिको रुपमा आफूलाई स्थापित गरेका लामाले सामाजिक रुपान्तरण, राजनीतिक चेतनाको विकासमा दिएको योगदानको चर्चा ‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थमा समेटिएको छ।

२०१६ असार १९ गते काभ्रेको मादनकुँडारीमा जन्मिएका लामाको २०८२ भदौ १३ गते उपचारका क्रममा भारतमा निधन भएको थियो। माणिक लामा एमाले नेतृ नविना लामाका पिता हुन्। उनले पनि आफ्नो पिताको राजनीतिक संघर्ष र योगदानको बारेमा स्मृति ग्रन्थमा चर्चा गरेकी छन्। 

को माणिक लामा ?

माणिक लामाले २०३७ सालमा कम्युनिस्ट आन्दोलनमा औपचारिक रूपमा पार्टी सदस्यता ग्रहण गरे राजनीतिक जीवनलाई अगाडि बढाएका थिए। उनलाई तत्कालीन नेकपा (चौथो महाधिवेशन) का स्थानीय नेता श्याम श्रेष्ठको नेतृत्वमा चौंरीदेउराली क्षेत्रको सुरक्षा सचिवको जिम्मेवारी दिइएको थियो। त्यही समयदेखि उनले गाउँ–गाउँमा सङ्गठन विस्तार, जनचेतना अभिवृद्धि तथा वामपन्थी आन्दोलनलाई सुदृढ बनाउने अभियानमा निरन्तर सक्रिय भूमिका निर्वाह गरेका थिए।

राजनीतिक यात्राका क्रममा उनले अनेकौँ दुःख, सङ्घर्ष र कठिनाइहरू भोग्दै विभिन्न समयमा रामेछाप,दोलखा,सिन्धुपाल्चोकको चौतारा तथा केन्द्रीय जेलमा गरी करिब चार वर्ष जेल जीवन बिताए।

जेल जीवनकै क्रममा उनको केन्द्रीय जेलमा केपी शर्मा ओलीसँग भेट भएको थियो। त्यस भेटले उनको राजनीतिक दृष्टिकोण अझ परिपक्व बनाएको ग्रन्थमा उल्लेख गरिएको छ।
२०४८ सालको आमनिर्वाचनमा काभ्रे जिल्लामा कमानसिंह लामालगायत वामपन्थी उम्मेदवारहरूलाई विजयी बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सङ्गठन निर्माण, कार्यकर्ता प्रशिक्षण र जनसम्पर्कका माध्यमबाट उनी काभ्रेका स्थापित वामपन्थी नेताको रुपमा आफूलाई परिचित गराउन सफल भएका थिए।

पार्टीभित्रको मूल्याङ्कन, अवसर वितरण र आन्तरिक विभेदका कारण उनले बाध्य भएर क्षेत्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएको माणिककी छोरी नविना बताउँछिन्। व्यापक जनसमर्थन हुँदाहुँदै पनि उनी अत्यन्तै झिनो मतान्तरले पराजित भए।

त्यसपछि आफ्नो सङ्घर्षको उचित सम्मान नभएको महसुस गर्दै माणिक लामा नेकपा (एमाले) को मूलधारमा प्रवेश गरे। एमालेमा प्रवेशपछि उनी निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका थिए।

उनले सत्रगाउँ, कात्तिके देउराली, भिर देउराली, तुसेनी शिवालय, बाँसखर्कलगायत क्षेत्रमा एमालेको बलियो सङ्गठन निर्माण गरेको एमाले नेताहरु बताउँछन्।

विद्यादेवी भण्डारीलाई कोसीपारीको क्षेत्रमा सङ्गठन विस्तार तथा राजनीतिक अभियान सञ्चालन गर्न सहयोग पुर्‍याउने कार्यमा पनि उनको महत्वपूर्ण भूमिका रहेको थियो। उनको सम्बन्ध पूर्वप्रधानमन्त्री खनाल, माधवकुमार नेपाल, वामदेव गौतम,प्रदीप नेपाल, सुरेन्द्र पाण्डे,योगेश भट्टराई, रूपनारायण श्रेष्ठलगायत नेताहरूसँग निकट रह्यो।

उनी एमाले विभाजनपश्चात नेकपा (माले) हुँदै नेकपा (माओवादी) मा प्रवेश गरेका थिए। माओवादीमा रहँदा जिल्ला सदस्य तथा ताम्सालिङ मोर्चाको नेतृत्व गर्दै संविधानसभा निर्वाचनमा –पार्टीलाई जिताउन उल्लेखनीय योगदान दिएको माओवादी नेताहरु सम्झन्छन्।

पार्टी विभाजनपछि उनले २०७९ सालमा मोहन वैद्य ‘किरण’ र २०७१ सालदेखि २०७७ सालसम्म विप्लव नेतृत्वको धारमा काम गरे। अन्ततः उनले आफ्नै राजनीतिक विचार र लक्ष्यलाई अघि बढाउने उद्देश्यले आफ्नै राजनीतिक दल नेकपा (एकीकृत माओवादी) गठन गरे र महासचिवको जिम्मेवारी सम्हालेका थिए। उनले आफ्नो नेतृत्वमा सङ्गठन विस्तार गर्दै राजनीतिक तथा वैचारिक अभियानलाई निरन्तर अघि बढाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.