सुन र चाँदीको मूल्य बढ्यो,तोलाको बजार भाउ के छ?
काठमाडौं : आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोलामा १ हजार २०० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँले बढेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार १ हजार २०० रुपैयाँले बढेर प्रतितोला सुनको मुल्य ३ लाख २ हजार २०० कायम भएको छ।अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ पुगेको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। यसदिन ६० रुपैयाँले बढेर प्रतितोला चाँदी ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो शुक्रबार एक तोला चाँदी चाँदी ४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !
७