कुनै पुस्ता राष्ट्रको एकमात्र प्रतिनिधि होइन। नेपाल कुनै समय अत्यन्त न्यून साधन र स्रोत भएको अवस्थामा थियो। पुस्तौँको मेहनत, संघर्ष, अनुभव र सीमित स्रोतको अधिकतम उपयोग गर्दै हामी आजको अवस्थामा आइपुगेका हौँ।
एउटा पुरानो कथा छ। एक जना राजाले राज्यका वृद्ध मानिसहरूलाई अब उनीहरू कुनै कामका छैनन् भन्ने ठाने। उनीहरूलाई बोझका रूपमा हेरेर राज्यबाट हटाउने आदेश दिए। सबैले आफ्ना वृद्ध आमाबुबालाई पहाडको भीरबाट खसाल्न थाले। तर एक जना छोराले आफ्नो वृद्ध बुबालाई मार्न सकेन। उसले बुबालाई गोप्य रूपमा घरमै लुकाएर राख्यो।
केही समयपछि राज्यमा ठूलो खडेरी पर्यो। अन्नको अभाव भयो। पानी परेपछि खेती गर्नुपर्ने भयो,तर खेतमा छर्नका लागि बीउ थिएन। राजाले बीउको व्यवस्था गर्ने उपाय बताउनेलाई पुरस्कार दिने घोषणा गरे।
विशेषगरी जेन जीको ऊर्जा, आवाज, प्रविधिसँगको परिचय र परिवर्तनप्रतिको चाहना महत्वपूर्ण छ। तर केही समयदेखि सार्वजनिक बहसमा जेन जीलाई नै परिवर्तनको एकमात्र प्रतिनिधि जस्तो प्रस्तुत गर्ने प्रवृत्ति देखिन थालेको छ।
त्यसपछि ती युवक राजाकहाँ गएर भने,‘बीउ गाउँका बाटोमा भेटिन्छ।’
राजा अचम्मित भए। बाटोमा बीउ कसरी भेटिन्छ ?
युवकले बताए,‘किसानहरूले खेतबाट अन्न घर लैजाँदा बोरा वा टोकरीबाट केही दाना बाटोमा खस्छन्। ती दानाबाट बाटोको छेउमा बिरुवा उम्रिएका हुन्छन्। त्यहाँबाट बीउ संकलन गर्न सकिन्छ।’
राजाले सोधे,‘तिमीलाई यो कुरा कसरी थाहा भयो ?’
युवकले अन्ततः आफ्नो गोप्य कुरा बताए। उसका वृद्ध बुबाले नै यो उपाय सुझाएका रहेछन्। राजाले आफ्नै निर्णयको गम्भीर गल्ती बुझे। जसलाई उनले अनावश्यक ठानेका थिए, त्यही पुस्तासँग संकटको समाधान गर्ने अनुभव र ज्ञान रहेछ।
यो कथा केवल वृद्ध मानिसको सम्मानको कथा होइन। यो अनुभवको मूल्य बुझ्ने कथा हो।
आज नेपालमा पुस्ताको विषय फेरि चर्चामा छ। विशेषगरी जेन जीको ऊर्जा, आवाज, प्रविधिसँगको परिचय र परिवर्तनप्रतिको चाहना महत्वपूर्ण छ। तर केही समयदेखि सार्वजनिक बहसमा जेन जीलाई नै परिवर्तनको एकमात्र प्रतिनिधि जस्तो प्रस्तुत गर्ने प्रवृत्ति देखिन थालेको छ।
तर वास्तविकता सरल छ। देशमा जेन जीमात्र छैन। जेन एक्स,जेन ए,जेन वाई र अन्य पुस्ता पनि छन्। र सबैले आफ्नो ठाउँबाट देश बनाइरहेका छन्। जेन जीको जोशको सम्मान छ,तर पुस्ताको महानता घोषणाले होइन,काम र परिणामले प्रमाणित हुन्छ।
आज यही कुरा अरू पुस्ताबाट पनि खुलेर सुनिन थालेको छ।
युवाको शक्ति गति हो। नयाँ पुस्ताले नयाँ प्रश्न सोध्छ, पुराना संरचनालाई चुनौती दिन्छ र नयाँ सम्भावना देख्न सक्छ। यो ऊर्जा राष्ट्रका लागि आवश्यक छ। तर परिपक्व पुस्तासँग समयले दिएको अनुभव हुन्छ। संकट देखेको अनुभव, गल्तीबाट सिकेको अनुभव, समाजको स्वभाव बुझ्ने अनुभव र निर्णयको दीर्घकालीन परिणाम अनुमान गर्ने क्षमता हुन्छ।
उमेर बढ्दैमा ऊर्जा समाप्त हुँदैन। विचार, सिर्जनशीलता, निर्णय क्षमता, धैर्य, अनुभव र जिम्मेवारीबोध पनि ऊर्जा हुन्।
त्यसैले प्रश्न युवा राम्रो कि वृद्ध राम्रो भन्ने होइन। प्रश्न हो, युवाको जोश र अनुभवको होसलाई कसरी एउटै राष्ट्रिय शक्तिमा बदल्ने ?
विश्व राजनीतिलाई हेर्दा पनि उमेर र नेतृत्व क्षमताबीचको सम्बन्ध सरल छैन। मलेसियाका महाथिर मोहम्मद यसको उल्लेखनीय उदाहरण हुन्।
त्यस्तै,युवा हुनु पनि कमजोरी होइन। युवा नेतृत्वले साहस,गति र नयाँ दृष्टिकोण ल्याउन सक्छ। तर ठूलो निर्णयका लागि केवल उत्साह पर्याप्त हुँदैन। तथ्य, अनुसन्धान, संस्थागत क्षमता, अनुभव र परिणामको पूर्वानुमान पनि आवश्यक हुन्छ।
इतिहासमा राजनीतिक निर्णयका कारण युद्ध,आर्थिक संकट, सामाजिक अस्थिरता र जनताको दुःख बढेका धेरै उदाहरण छन्। त्यस्ता घटनालाई केवल नेता युवा थिए वा वृद्ध थिए भनेर व्याख्या गर्नु उचित हुँदैन। वास्तविक पाठ भनेको निर्णय कति जिम्मेवार थियो, संस्थाहरू कति बलिया थिए र दीर्घकालीन परिणामबारे कति सोचियो भन्ने हो।
नेपालले पनि अहिले यही कुरा गम्भीर रूपमा सोच्नुपर्ने समय आएको छ। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले हामीलाई प्रकृति र जोखिम प्रतिको हाम्रो तयारीबारे कठोर प्रश्नहरू सोधेको छ। हिमाली क्षेत्रमा हिमताल, हिमपहिरो, पहिरो, नदीको अचानक बहाव र जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमलाई अब सामान्य प्राकृतिक घटना भनेर मात्र हेर्न सकिँदैन। यस्ता विपत्तिले जनधन, बस्ती, सडक, पुल, जलविद्युत् तथा अन्य पूर्वाधारमा ठूलो असर पार्न सक्छन्। क्षतिको पूर्ण विवरण अझै अद्यावधिक हुँदैछ।
कुनै समस्या देखिँदैमा त्यसको समाधान सरल हुन्छ भन्ने हुँदैन। प्रकृति होस् वा समाज,अर्थतन्त्र होस् वा राजनीति, एउटा निर्णयको प्रभाव धेरै तहमा पर्न सक्छ।
यसबाट दोषारोपणभन्दा ठूलो पाठ सिक्नुपर्छ। जोखिम कहाँ छ? पूर्वसूचना प्रणाली कति प्रभावकारी छ? बस्ती र पूर्वाधार निर्माण गर्दा भूगोल र प्राकृतिक जोखिमलाई कति गम्भीर रूपमा लिइएको छ? आपतकालीन उद्धार र पुनर्निर्माणका लागि हाम्रो तयारी कस्तो छ?
यी प्रश्नहरू कुनै एउटा पुस्ताका होइनन्। यी सम्पूर्ण राष्ट्रका प्रश्न हुन्। यस सन्दर्भमा चीनको इतिहासको एउटा अर्को घटना पनि सम्झनलायक छ।
सन् १९५८ मा माओत्सेतुङको नेतृत्वमा चीनमा “Four Pests Campaign” सुरु भयो। मुसा, झिँगा, लामखुट्टे र भँगेरालाई नियन्त्रण गर्ने अभियान चलाइयो। भँगेराले अन्न खाने भएकाले त्यसलाई ठूलो संख्यामा मारियो।
तर प्रकृतिको सम्बन्ध एउटा प्राणी र एउटा समस्याबीच मात्र हुँदैन। भँगेराले अन्न मात्र खाँदैन, उसले विभिन्न कीराहरू पनि खान्छ। भँगेराको संख्या घटेपछि कीराहरूको संख्या बढ्नु र त्यसले खेतीमा थप समस्या ल्याउनु अभियानको गम्भीर अनपेक्षित परिणाममध्ये एक बन्यो।
यस घटनाले एउटा महत्वपूर्ण कुरा सम्झाउँछ। कुनै समस्या देखिँदैमा त्यसको समाधान सरल हुन्छ भन्ने हुँदैन। प्रकृति होस् वा समाज,अर्थतन्त्र होस् वा राजनीति, एउटा निर्णयको प्रभाव धेरै तहमा पर्न सक्छ। त्यसैले निर्णयअघि तथ्य, अनुसन्धान, अनुभव र सम्भावित परिणामको गहिरो अध्ययन आवश्यक हुन्छ।
वृद्ध मानिसको कथाले अनुभवको मूल्य देखाउँछ। भोटेकोशीले जोखिमप्रतिको तयारी सम्झाउँछ। भँगेराको घटनाले हतारमा गरिएको सरल समाधानको अनपेक्षित परिणाम सम्झाउँछ। अनि आजको पुस्ताबीचको बहसले अर्को कुरा सम्झाइरहेको छ— कुनै पुस्ता राष्ट्रको एकमात्र प्रतिनिधि होइन।
नेपाल कुनै समय अत्यन्त न्यून साधन र स्रोत भएको अवस्थामा थियो। पुस्तौँको मेहनत, संघर्ष, अनुभव र सीमित स्रोतको अधिकतम उपयोग गर्दै हामी आजको अवस्थामा आइपुगेका हौँ। तर आज फेरि भोटेकोशीजस्ता विनाशकारी विपत्तिले हामीलाई गम्भीर प्रश्नका सामु उभ्याएको छ। कतै कमजोर पूर्वतयारी, असुरक्षित पूर्वाधार र जोखिमको बेवास्ताले हामीलाई फेरि अभाव र संकटतर्फ त फर्काइरहेको छैन ?
अब हेर्न बाँकी छ,आफूलाई परिवर्तनको अगुवा मान्ने जेनजी ले यही चुनौतीलाई कसरी अवसरमा बदल्छ। के उनीहरूले नेपाललाई फेरि खण्डप्रस्थतर्फ धकेलिनबाट जोगाएर इन्द्रप्रस्थ बनाउने सामर्थ्य देखाउनेछन्?
समयले यसको उत्तर दिनेछ। देश एउटा पुस्ताको होइन। देश सबै पुस्ताको हो। जोश चाहिन्छ, तर होस पनि।
प्रतिक्रिया दिनुहोस !