'आई एम अ शेर्पा अफ माउन्ट एभरेस्ट' सार्वजनिक

'आई एम अ शेर्पा अफ माउन्ट एभरेस्ट' सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : मिङ्मा दोर्जी शेर्पाद्वारा लिखित पुस्तक 'आई एम अ शेर्पा अफ माउन्ट एभरेस्ट' काठमाडौंमा शनिबार सार्वजनिक भएको छ ।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले 'सगरमाथाको शेर्पा म' पुस्तकको अंग्रेजी संस्करण 'आई एम अ शेर्पा अफ माउन्ट एभरेस्ट' सार्वजनिक गरेका हुन्। उनले शेर्पाको पुस्तकले शेर्पा समुदायको साहस, त्याग र मौलिक संस्कृति उजागर गर्ने बताए । 'यो पुस्तक एउटा व्यक्ति वा आरोहीको कथा मात्र होइन,' उनले भने, 'सगरमाथाको काखमा हुर्किएको सिंगो शेर्पा समुदायको साहस, त्याग र मौलिक संस्कृति उजागर गर्ने ऐतिहासिक दस्तावेज हो।'

पेम्बा याङ्जी शेर्पा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा सोलुखुम्बुको नाम्चे बजारमा जन्मिएका मिङ्मा दोर्जी शेर्पाले हिमाली जीवनका चुनौतीहरूलाई अवसरमा बदल्दै दशकौंदेखि नेपालको दिगो पर्यटन प्रवर्द्धन, कफी खेती तथा ग्रामीण उद्यमशीलता विकासमा दिएइका योगदान उल्लेख छ । उनले 'छहरा रिट्रीट', 'लास्ट फ्रन्टियर ट्रेकिङ' र 'लेकाली कफी स्टेट' जस्ता व्यवसायहरूमार्फत स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्न योगदान दिएका छन् ।

कृतिमा लेखकको जीवनका भोगाइ, संघर्ष, सफलताका साथै महाभूकम्प र कोभिड - १९ जस्ता राष्ट्रिय विपत्तिको समयमा उनले गर्नुभएको सामाजिक कार्यको विवरण समेत समेटिएको छ ।

पुस्तकको अंग्रेजी अनुवादक साहित्यकार मनोरथ दाहालले शेर्पाको हिमाली जीवनको मौलिक भोगाइ, शेर्पा समुदायको संस्कृति र उहाँको निःस्वार्थ भावनालाई अंग्रेजी भाषामा उतार्नु आफ्ना लागि निकै संवेदनशील र गौरवपूर्ण अनुभव रहेको बताए। उनले भने, 'अंग्रेजी भाषाका पाठकहरूले पनि यो पुस्तक पढ्दा नेपाली हिमाल र शेर्पा जीवनको वास्तविक सुगन्ध र भावना महसुस गर्न सक्नेछन् ।' 

कार्यक्रममा लेखक मिङ्मा दोर्जी शेर्पाले आफ्नो पुस्तकमा आफ्ना अनगिन्ती अनुभव, संघर्ष र सफलतालाई शब्दमा उतारेर सार्वजनिक गरिएको बताए । 'यो कृतिले नयाँ पुस्तालाई दृढ संकल्प, निष्ठा र करुणाका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा दिने विश्वास लिएको छु,' उनले भने । कार्यक्रममा वक्ताहरूले शेर्पा आरोहीहरूको योगदानलाई अभिलेखिकरण गर्ने शेर्पाको प्रयास सराहनीय रहेको बताए ।

उनीहरूले 'आई एम अ शेर्पा अफ माउन्ट एभरेस्ट' ले नेपालको पर्वतारोहण इतिहास र शेर्पा सम्पदालाई अन्तर्राष्ट्रिय जगतमा अझ उच्च स्थानमा पुर्‍याउने विश्वास व्यक्त गरे । नेपाल संस्करण 'सगरमाथाको शेर्पा म २०८० पुसमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले सार्वजनिक गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.