बाढी पीडितका लागि युएईका नेपालीले दिए करिब २४ लाख

बाढी पीडितका लागि युएईका नेपालीले दिए करिब २४ लाख
सुन्नुहोस्

दुबई : नेपालमा आएको भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित परिवारको सहयोगका लागि यूएईमा रहेको संस्था नेपाली समाज र आबद्ध विभिन्न संघसंस्थाले ५७ हजार ७७७ दिराम (करिब २४ लाख रुपैयाँ) सहयोग गरेका छन्। 

उक्त रकम आइतबार १३ सेप्टेम्वरका दिन नेपाली महावाणिज्यदूतावासलाई हस्तान्तरण गरिएको छ। नेपाली समाज यूएई तथा त्यससँग आबद्ध संघसंस्थाहरूको पहलमा संकलन भएको उक्त रकम बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेगरी छिट्टै नेपाल पठाइने जनाइएको छ।

नेपालमा विपद् आइपर्दा विदेशमा रहेका नेपाली समुदायले सहयोग र ऐक्यबद्धता जनाउँदै आएका छन्। पछिल्लो बाढीबाट भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएपछि यूएईस्थित नेपाली समुदायले पनि राहतका लागि सहयोग अभियान सञ्चालन गरेको हो। यस अघि एनआरएनए यूएईले ११ लाख ३५ लाख रुपैंया सहयोग गरेको थियो। ब्यक्तिगत र संस्थागत गरेर यूएईका नेपाली समुदायले मात्र २ करोड भन्दा बढी सहयोग गरेको छन्। 

राहत हस्तान्तरण कार्यक्रममा बोल्दै महाबाणिज्यदूत हरी ओडारीले यूएईका नेपाली श्रमिकहरुको सहयोग अमुल्य रहेको बताए । जवजव नेपालमा सॅकट आईपर्छ तवतव मध्यपूर्वका श्रमिकहरु मन फुकाएर सहयोग गर्नेगरेको भन्दा मनकारी सबैलाई धन्यवाद दिए। नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानले उक्त रकम हस्तान्तरण गरेका थिए। 

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपालमा विपद्का बेला विदेशमा रहेका नेपालीले देखाएको मानवीय भावना र ऐक्यबद्धता प्रशंसनीय रहेको बताइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.