युक्रेनमा वरिष्ठ विदेशी अधिकारीहरू सवार कूटनीतिक रेल छुटेलगत्तै रुसी ड्रोन आक्रमण

युक्रेनमा वरिष्ठ विदेशी अधिकारीहरू सवार कूटनीतिक रेल छुटेलगत्तै रुसी ड्रोन आक्रमण

काठमाडौं : युक्रेनको पोल्यान्ड सीमाना नजिक रुसी ड्रोनले एउटा रेलमा आक्रमण गरेको छ । आइतबार आक्रमण हुनुभन्दा केही समयअघि मात्रै बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन,स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ट तथा विभिन्न युरोपेली सङ्घ सदस्य राष्ट्रका सुरक्षा सल्लाहकारहरू कूटनीतिक रेलमार्फत यात्रा गरिरहेको युक्रेनको सरकारी रेल सेवा कम्पनीले जनाएको छ ।

उनीहरू युक्रेनको राजधानी किएभमा आयोजित सुरक्षा सम्मेलनमा सहभागी भएर फर्किने क्रममा थिए । रेल सेवा कम्पनीका अनुसार कूटनीतिक रेलले निर्धारित समयभन्दा केही अगावै याहोदिन स्टेसन छाडेको थियो। त्यसको केही समयपछि त्यही क्षेत्रमा ड्रोन आक्रमण भएको हो ।

युक्रेनको सरकारी रेल सेवा कम्पनीका अनुसार पोल्यान्डसँगको सीमाना नजिक रहेको याहोदिन रेल स्टेसनमा रोकिएको रेलको इन्जिनलाई रुसी ड्रोनले प्रहार गरेको थियो । आक्रमणपछि इन्जिनमा क्षति पुगेको जनाइएको छ ।

युक्रेनको सरकारी रेल सेवा कम्पनीले घटनाको प्रारम्भिक मूल्याङ्कन गर्दै रुसी ड्रोनको सम्भावित लक्ष्य कूटनीतिक रेल नै हुन सक्ने जनाएको छ । कम्पनीका अनुसार रेल निर्धारित समयभन्दा अगावै स्टेसनबाट प्रस्थान गरेकाले सम्भावित ठूलो क्षति टरेको हुन सक्ने देखिएको छ । युक्रेनले भने घटनालाई गम्भीर सुरक्षा घटनाका रूपमा लिएको छ ।

ड्रोन प्रहारबाट रेलको इन्जिनमा क्षति पुगेको जनाइएको छ । युक्रेनमा रुसी आक्रमणका क्रममा रेलमार्ग र रेल पूर्वाधारहरू पनि पटक–पटक निशानामा पर्दै आएका छन् । 

कूटनीतिक रेलमा सवार विदेशी अधिकारीहरू किभमा आयोजित सुरक्षा सम्मेलनमा सहभागी भएका थिए । युक्रेनमा जारी युद्ध, युरोपको सुरक्षा अवस्था तथा क्षेत्रीय सुरक्षा चुनौतीबारे छलफलका लागि सम्मेलन आयोजना गरिएको थियो । युक्रेन–रुस युद्धका क्रममा देशका विभिन्न भागमा ड्रोन आक्रमण तीव्र हुँदै गएको अवस्थामा विदेशी उच्च अधिकारीहरूको यात्राका क्रममा भएको यो घटनाले सुरक्षा चिन्ता थप बढाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.