कांग्रेसको आन्तरिक विवाद बढ्दै

कांग्रेस संस्थापन इतर समूहको बैठकले महाधिवेशन प्रक्रिया कसरी अघि बढाउने निर्णय गर्‍यो ?

कांग्रेस संस्थापन इतर समूहको बैठकले महाधिवेशन प्रक्रिया कसरी अघि बढाउने निर्णय गर्‍यो ?
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । सोमबार पूर्वसभापति शेर बहादुर देउवा निवास महाराजगंजमा बसेको सो समूहको बैठकले सानेपाको निर्णयका आधारमा संस्थापन पक्षले तय गरेको महाधिवेशनमा भाग लिन सक्ने अवस्था नरहेकाले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए‍। 

विशेष महाधिवेशनको विषयलाई लिएर कांग्रेसमा मतभेद कायम रहेको छ।

यसअघि संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४ औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो ।

संस्थापन इतर समूहले भने आफूहरू कुनै पदका लागि नभइ पार्टीलाई जोगाउने अभियानमा अघि बढेकाले उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको जनाएको हो । बैठकपछि कांग्रेस नेता डा प्रकाश शरण महतले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल भएको र सोमबार ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा तय गर्ने जानकारी दिए।

कांग्रेसको कार्यसम्पादन समिति बैठकले १५औँ महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सामेल हुन चाहने १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियतमै स्वागत गरी जिम्मेवारी दिने निर्णय गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.