२०औं एसियाली खेलकुद : चन्द्र र मानमतीले राष्ट्रिय झण्डा बोक्ने

२०औं एसियाली खेलकुद : चन्द्र र मानमतीले राष्ट्रिय झण्डा बोक्ने

काठमाडौं : जापानको आइची-नागोयामा यही सेप्टेम्बर १९ देखि आयोजना हुने २०औं एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन्। 

नेपाल ओलम्पिक कमिटी स्रोतका अनुसार सेप्टेम्बर १९ मा हुने उद्घाटन समारोहमा चन्द्र र मानमतीले राष्ट्रिय झण्डा बोक्न लागेका हुन्।

चन्द्रले २०औं एसियाली खेलकुदमा पुरुष ५५ केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्। चन्द्रले गत मंसिरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना भएको वल्र्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका थिए। यससँगै उनले ७५ हजार अमेरिकी डलर पुरस्कारसमेत पाएका थिए। 

मानमती महिला कबड्डी टोलीकी कप्तान हुन्। यसअघि सन् २०२३ मा चीनको हाङझावमा आयोजना भएको १९औं एसियाली खेलकुदमा महिला कबड्डीले ऐतिहासिक कांस्य पदक जित्दा पनि मानमती टोलीकी सदस्य थिइन्। 

२०औं एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी हुँदै छन्। नेपाली टोलीमा ७८ पुरुष र ५७ महिला खेलाडी छन्। त्यस्तै २९ प्रशिक्षक र १७ ब्यवस्थापक तथा खेल प्राविधिक दुई जना गरी १८४ जना सहभागी हुने छन्। 

त्यस्तै मेडिकल टिम, सञ्चारकर्मी, विशिष्ट अतिथि, सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अफिसियलसमेत गरी नेपालबाट यस पटकको एसियाली खेलकुदमा २११ जना सहभागी हुने छन्। 

नेपालले एसियाडमा यसपटक कबड्डी, क्रिकेट र महिला भलिबल गरी तीन टिम खेलमा सहभागिता जनाउँदै छ। पुरुष र महिला दुवै कबड्डी टोलीमा गरी २४ खेलाडी छन्। पुरुष क्रिकेटमा १५ खेलाडी तथा महिला भलिबलमा १२ खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। बाँकी १८ खेल व्यक्तिगत विधाका छन्। 

त्यस्तै आर्चरीमा २, जुडो ६, पौडी ५, एथलेटिक्स ६, टेबल टेनिस ६, ब्याडमिन्टन ४, कराते ८, तेक्वान्दो ३, बक्सिङ ७, र्‍याफ्टिङ एन्ड क्यानोइङ २, टेनिस ५, स्केट एन्ड स्केट बोर्डिङ २, साइक्लिङ २, सफ्ट टेनिस ४, कुस्ती ६, गल्फ ४, स्क्वास र्‍याकेट २ र उसुका १० खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.