वीरगन्जका निलम्बित मेयर सिंहले पाए भ्रष्टाचार मुद्दामा सफाई, मेयरमा पुनःबहाली

वीरगन्जका निलम्बित मेयर सिंहले पाए भ्रष्टाचार मुद्दामा सफाई, मेयरमा पुनःबहाली

वीरगन्ज :  वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएका छन्।

विशेष आदालतमा सोमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य,हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दामा सिंहसहित ७ जनालाई सफाई दिएको हो अदालतको उक्त आदेशसंगै सिंहको निलम्बनमा परेको मेयर पद संवत् फुकुवा भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते विशेष अदालतमा सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित सिंहसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको थिएन। उक्त मुद्दा दायर भएसंगै सिंह मेयर पदबाट निलम्बनमा परेका थिए ।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा भएका व्यक्तिको पद निलम्बन हुने कानुनी व्यवस्था अनुसार गत जेठ २५ गतेदेखि उनि निलम्बनमा परेका थिए। 

सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी नागरिकता दिलाएको आरोप अख्तियारको थियो । तर सिंहले भने भट्टराई आफ्नो दोस्रो श्रीमती भएको भन्दै दाबी गर्दै आएका छन्।

विशेष अदालतमा अख्तियारले सिंहसंगै वीरगन्ज(३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल,गृहमन्त्रालयका  तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.