सूर्यविनायक मेयर कप कराते प्रतियोगिता सम्पन्न
भक्तपुर : सूर्यविनायक मेयर कप कराते प्रतियोगितामा अरनिको मावि समूह बिजेता बनेको छ। १० स्वर्ण, ६ रजत र २ कास्यसहित अरनिको समूह बिजेता बनेको हो।
प्रतियोगितामा दधिकोट डोजो ५ स्वर्ण ४ रजत र ३ कास्यसहित द्वितीय र ब्लुबर्ड स्कूल २ स्वर्ण, १७ रजत र ५ कास्यसहित तृतीय स्थान हासिल गर्न सफल भएको छ।
बिजेता प्रथम, द्वितीय र तृतीय हुने टोलिलाई ट्रफी, प्रमाणपत्र र नगद क्रमश रु २० हजार, १५ हजार र १० हजार प्रदान गरिएको आयोजक सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिए ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडीमा प्रविन तामाङ र महिलामा पूजा दास श्रेष्ठ घोषित भए । उदयमान खेलाडी पुरुषतर्फ आदन ध्वजु र महिलामा तेजस्वी सिजखु घोषित भएका छन् । व्यक्तिगत विधामा उत्कृष्टलाई समेत नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रतियोगितामा १ सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका सदस्य सचिव थापाले बताए ।
प्रतिक्रिया दिनुहोस !