बाढीपीडितका लागि लक्जेम्बर्गमा च्यारिटी

बाढीपीडितका लागि लक्जेम्बर्गमा च्यारिटी
सुन्नुहोस्

लक्जेम्बर्ग : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लक्जेम्बर्गले गत १३ सेप्टेम्बरमा भोटेकोशीका बाढीपहिरो पीडितहरूको सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम गरेको छ।

भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण धेरै परिवारहरू बिचल्लीमा परेको दुःखद् परिस्थितिमा तीज मनाउन उपयुक्त नहुने निष्कर्ष निकाल्दै संस्थाले पहिले तय गरिएको तीज कार्यक्रमलाई च्यारिटीमा रूपान्तरण गरेको एनआरएनए अगुवा जितु थापाले जानकारी दिए।

कार्यक्रममा नेपालका पूर्वमानार्थ वाणिज्यदूत, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा नेपाली एवं गैरनेपाली समुदायको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा बाढीपीडितको वर्तमान अवस्था, सहयोगको आवश्यकता र समुदायको भूमिकाबारे छलफल गरिएको थियो। अध्यक्ष दुर्गा केसी थापा भोटेकोशीका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि एनआरएनए लक्जेम्बर्गले सुरुमा १५ लाख रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य राखेको जानकारी गराइन्। यसअघि नै नेपाली समुदाय लक्जेम्बर्गले एनआरएनए लक्जेम्बर्गमार्फत १० लाख ५० हजार रुपैयाँ राहत पठाइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.