नेपालकै पहिलो साझेदारीमा सञ्चालित आयुर्वेद कलेज : ५० हजारमै आयुर्वेद चिकित्सा अध्ययन

नेपालकै पहिलो साझेदारीमा सञ्चालित आयुर्वेद कलेज : ५० हजारमै आयुर्वेद चिकित्सा अध्ययन
सुन्नुहोस्

महँगो शुल्कका कारण मेडिकल शिक्षा पढ्ने सपना अधुरै छाड्नुपर्ने बाध्यतामा रहेका विद्यार्थीका लागि महोत्तरीको गौशाला प्राविधिक शिक्षालय विकल्प बनेको छ। शिक्षालयले वार्षिक करिब ५० हजार रुपैयाँमै आयुर्वेदतर्फको सामान्य चिकित्सा अध्ययन गराउने भएपछि आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थी लुम्बिनी, वीरगन्ज र सर्लाहीलगायतका जिल्लाबाट समेत यहाँ आउन थालेका छन्।

जनकपुरधाम : पश्चिम नवलपरासीकी २१ वर्षीया किरण गुप्ताको घरको आर्थिक अवस्था सन्तोषजनक छैन। आमाबुवा भाइबहिनीसहित ७ जनाको परिवारमा किरणलाई उच्च शिक्षा अध्ययनमा लाग्ने खर्च तिर्न नसक्दा उनको पढाइ छुट्टिसकेको थियो। तर उनको गाउँको एक दिदीले आफू अध्ययनरत महोत्तरीको गौशाला प्राविधिक शिक्षालयमा ५० हजारमै मेडिकलको पढाइ हुने बताएपछि उनी नवलपरासीबाट पढ्न यहाँ आएकी छिन्।

उनी भन्छिन, ‘मेरो घरको अवस्था ज्यादै कमजोर छ, बुवाआमाले ठूलो रकम तिरेर पढाउने अवस्था छैन्। आमा–बुवाको कमाइबाटै दिदीबहिनी र भाइ सबैलाई हेर्नुपर्छ। मेरोमा मात्र ठूलो रकम तिरेर पढाउने अवस्था पनि छैन्। तैपनि सानीआमाले विदेशबाट पैसा पठाइदिएर म यहाँ पढ्न आएको हुँ। यहाँ घरभाडादेखि कलेजको शुल्कसमेत धेरै कम लाग्ने भएकोले टाढा भए पनि पढ्ने इच्छा भएर म लुम्बिनीबाट मधेसमा पढ्न आएको छु।’

किरणले प्रवीणता प्रमाणपत्र तह पढेपछि छाती र फोक्सोको समस्याले घरबाट थुप्रै पैसा खर्च गरेर बुवाआमाले बचाएको र फेरि ठूलो धनराशि खर्च गरेर अध्ययन अध्यापन गराउने शक्ति नहुँदा छोडेको पढाइ ५० हजारमा आयुर्वेदको सामान्य चिकित्सा पढ्ने र त्यो रकम पनि सानीआमाले तिरिदिने भएपछि सहुलियत भएको बताइन्।

वीरगन्ज महानगरपालिका १५ भिस्वा राधेकृष्ण कोलनीका खुसीकुमारी रौनियार पनि सस्तो र सुलभ मूल्यमा आयुर्वेद चिकित्साको पढाइ हुने भएकोले नै डेढ महिनादेखि महोत्तरीको कान्तिबजार आएर अध्ययन, अध्यापन सुरु गरेकी छिन्। उनले भनिन, ‘घरमा कमाउने एक जना बुवामात्र हुनुहुन्छ। आमा गृहणी दिदी र भाइ र म पढ्ने पाँच जनाको परिवारमा घरभाडादेखि खाने लाउनेसम्मको जोहो गर्ने र महँगो कलेजमा पढाउने हैसियत नहुँदा थोरै खर्चमा मेडिकलको पढाइ पढ्ने धोकोसहित गौशाला—१२ स्थित कान्तिबजारको प्राविधिक शिक्षालयमा अध्ययन गर्दै आएको छु।’ 

  •     गौशाला प्राविधिक शिक्षालयमा वार्षिक ५० हजार रुपैयाँमै आयुर्वेद चिकित्सा अध्ययन गर्न सकिने।
  •     आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि सस्तो शुल्कमा चिकित्सा शिक्षा पढ्ने अवसर।
  •     नवलपरासीकी २१ वर्षीया किरण गुप्ता ठूलो शुल्क तिर्न नसकेर रोकिएको पढाइ पुनः सुरु गर्न गौशाला पुगेकी छन्।
  •     वीरगन्जकी खुसीकुमारी रौनियार पनि महँगो कलेजको विकल्पका रूपमा कान्तिबजारमा आयुर्वेद पढ्दै छन्।
  •     सर्लाहीकी सीमाकुमारी रामले अन्यत्र ३–४ लाख रुपैयाँ लाग्ने पढाइ यहाँ तीन वर्षमा १ लाख ५० हजारमै हुने भएपछि गौशाला रोजेकी छन्।
  •     स्थानीय विद्यार्थी अनिशकुमार महतोले पूर्ण छात्रवृत्तिामा आयुर्वेद अध्ययन गरिरहेका छन्। 

रौनियारले बुवाआमाको ठूलो सपनाको धोको हुँदाहुँदै पनि आर्थिक अभावका कारण हुन नसक्ने पढाइ यहाँ वर्षको ५० हजारमै सपना साकार हुँदा अलि टाढा भए पनि घरव्यवहार र पढाइलाई सँगै निरन्तरता दिएको भनाइ छ। उनले भने, ‘मैले सोचेको भन्दा राम्रो वातावरणमा यहाँ पढाइ हुन्छ। मलाई सुरुसुरुमा गाह्रो भएको थियो तर अब म यहाँ भिजिसके। यहाँ सहर बजारभन्दा पर गाउँको मनोरम वातावरणले पढ्न, लेख्ने वातावरण निर्माण हुँदा अध्ययन अध्यापन गर्न सहज भएको छ।’

सर्लाही ईश्वरपुरकी १५ बलवा सुकनाहाकी सीमाकुमारी रामको पनि गाउँकै स्कुलबाट प्रवीणता अध्ययन गरेर थप अध्ययनका लागि जनकपुर गएकी थिईन्। तर जनकपुरको कलेजहरूको नर्सिङ र अन्यको कलेज फि अत्यधिक र महसुल तिर्न गाह्रो हुने भएकोले फर्किएर कान्तिबजारस्थित आयुर्वेद चिकित्सालयमा भर्ना भएकी बताईन्। उनले भनिन, ‘यही पढाइको अन्य ठाउँहरूमा ३–४ लाख लाग्छ यहाँ ५० हजारको दरले ३ वर्षमा १ लाख ५० हजारमै हुने भएकोले अन्यत्रबाट छोडेर आफ्नै गाउँठाउँमा पढ्न थालेको छु।’

सामाजिक सञ्जालमा गौशाला प्राविधिक शिक्षालयमा ५० हजारमै एक वर्षको आयुर्वेद चिकित्सालय पढाइ हुने जानकारी र किसान घरपरिवारको आम्दानीको स्रोत खेतीपाती हुने भएकोले हैसियतअनुसार पढाइको रूपमा यहाँ भर्ना भएर पढिरहेको रामको भनाइ छ। उनले भनिन, ‘बाहिर गएर पढ्न धेरै खर्च लाग्ने तर भनेअनुसारको वातावारण नहुँदा पढ्न असहज हुने परिस्थितिबाट यहाँको शान्त र मनोरम वातावरणमा पढाइ गर्न सहज भएको छ।’

गौशाला प्राविधिक आयुर्वेद चिकित्सालयमा आफ्नै घरबाट बसेर पढ्न पाएकोमा गौशाला— ११ लक्ष्मीनियाँका अनिशकुमार महतो औधी खुसी छन्। उनी भन्छन्, ‘बर्दिबास नगरपालिकाको खैरमारामा भर्ना परीक्षा फारम भर्न गएको थिएँ। तर उता मेरो नाम निस्किएन। त्यसपछि खैरमाराबाट आउँदै गर्दा बाटोमा दिलपी सर भेटिनुभयो र मलाई आयुर्वेद पढ्न उत्सुकता जगाएर उहाँकै पहलमा यहाँ पढ्न आएँ। भर्ना परीक्षामा संलग्न हुँदा पूर्ण छात्रवृत्तिमा नाम निस्किएपछि १५ मिनेटको बाटोमा घरबाटै ओहोरदोहोर गरेर आयुर्वेद चिकित्सा पढ्दै छु।’

शिक्षालाई विज्ञान, प्रविधि, खोज र अनुसन्धानसँग जोडेर लैजाने तथा त्यसलाई प्रयोग गर्न सकेमात्रै देश समृद्ध हुने सोचका साथ आयुर्वेद कलेजको स्थापना भएको हो। म मन्त्री हुँदा परम्परागत र परीक्षामुखी शिक्षा काम नलाग्ने निष्कर्षसहित परम्परागत शिक्षालाई निरन्तर रूपमा लैजानुभन्दा शिक्षालाई विकाससँग जोड्नु र प्राविधिक शिक्षाले रोजगारीसँग जोड्ने भएकोले महोत्तरीमा प्राविधिक शिक्षामा विशेष मेरो जोड थियो। परीक्षामुखी शैक्षिक पद्धतिले हाम्रो बेरोजगारी समस्या समाधान नहुने निष्कर्षसहित शिक्षालाई उत्पादनसँग जोडेर लैजानुपर्छ। यसैमा देशको भलाइ हुने निष्कर्षले खैरमारा बहुप्राविधिक शिक्षालय, आयुर्वेद कलेज र रेल्वे इन्जिनियरिङ कलेजको परिकल्पना गरिएको बताए।

गिरिराजमणि पोखरेल, पूर्वशिक्षामन्त्री

प्राविधिक तथा आयुर्वेद चिकित्सालय शिक्षाबाट करिब ९० जना विद्यार्थी अध्ययन, अध्यापन सकेर धेरैजसोले सरकारी जागिरसमेत खाइसकेका छन्। आयुर्वेद चिकित्साबारे हामीले बुझन् खोजेको छैनौं। सरकारी सेवामा आयुर्वेद चिकित्साको राम्रो स्कोप छ। हामीले आफ्नै गाउँघरको जडीबुटीलाई संरक्षण र संवद्र्धन गरेर करोडौं कमाउने माध्यम आयुर्वेद चिकित्सा नै हो। नेपालमा पहिलो सरकारी साझेदारी भएको पहिलो आयुर्वेद कलेज हो। यो देशकै सान हो तर राजनीतिक नेतृत्वले ध्यान नदिँदा देशकै गौरवको रूपमा रहेको शिक्षालय पछि परेको छ। देहातमा यतिको शान्त र मनोरम वातावरणले नै यहाँ टाढा–टाढाबाट विद्यार्थी पढ्न आउँछ तर यहाँको प्रदेश सरकार र संघीय सरकारलाई गौरवको योजना बचाउनुपर्छ भन्ने ध्यान नै छैन।’

दिलीप सिंह, प्रमुख, गौशाला प्राविधिक शिक्षालय

गौशाला प्राविधिक शिक्षालयबाट पढेर गएकी एकजना दिदीले आफू अध्ययनरत महोत्तरीको गौशाला प्राविधिक शिक्षालयमा ५० हजारमै मेडिकलको पढाइ हुने बताएपछि म नवलपरासीबाट पढ्न यहाँ आएकी हुँ। मेरो घरको अवस्था ज्यादै कमजोर छ। बुवा–आमाले ठूलो रकम तिरेर पढाउने अवस्था छैन। घरकै कमाइबाट दिदीबहिनी र भाई सबैलाई हेर्नुपर्छ। मेरोमा मात्र ठूलो रकम तिरेर पढाउने अवस्था पनि छैन्। तैपनि यहाँ ५० हजारको थोरै रकममो मेडिकलको पढाइ हुने भएपछि म लुम्बिनीबाट मधेसमा पढ्न आएको छु।

किरण गुप्ता, नवलपरासी, विद्यार्थी

तत्कालीन विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको सक्रियतासंगै तत्कालीन गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोको पहलमा नेपालमै पहिलो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तथा गौशाला नगरपालिकाको साझेदारीमा स्थापना गरिएको शिक्षालय हो। 

पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद शिक्षालयको जग हाल्ने कामदेखि सम्बन्धनसम्मको काम गरेको स्मरण गर्दै भन्छन्, ‘शिक्षालाई विज्ञान, प्रविधि, खोज र अनुसन्धानसँग जोडेर लैजाने तथा त्यसलाई प्रयोग गर्नसके मात्रै देश समृद्ध हुने सोचका साथ आयुर्वेद कलेजको स्थापना भएको हो। म मन्त्री हुँदा परम्परागत र परीक्षामुखी शिक्षा काम नलाग्ने निष्कर्षसहित परम्परागत शिक्षालाई निरन्तर रूपमा लैजानुभन्दा शिक्षालाई विकाससँग जोड्नु र प्राविधिक शिक्षाले रोजगारीसँग जोड्ने भएकोले महोत्तरीमा प्राविधिक शिक्षामा विशेष मेरो जोड थियो।’

उनले परीक्षामुखी शैक्षिक पद्धतिले हाम्रो बेरोजगारी समस्या समाधान नहुने निष्कर्षसहित शिक्षालाई उत्पादनसँग जोडेर लैजानुपर्छ। यसैमा देशको भलाइ हुने निष्कर्षले खैरमारा बहुप्राविधिक शिक्षालय, आयुर्वेद कलेज र रेल्वे इन्जिनिरिङ कलेजको परिकल्पना गरिएको बताए।

गौशाला प्राविधिक शिक्षालयका प्रमुख दिलीप सिंहले प्राविधिक तथा आयुर्वेद चिकित्सालय शिक्षाबाट करिब ९० जना विद्यार्थी अध्ययन, अध्यापन सकेर धेरैजसोले सरकारी जागिरसमेत खाइसकेको बताए। उनले भने, ‘आयुर्वेद चिकित्साबारे हामीले बुझाउन सकेको छैन्। सरकारी सेवामा आयुर्वेद चिकित्साको राम्रो स्कोप छ। हामीले आफ्नै गाउँघरको जडीबुटीलाई संरक्षण र संवद्र्धन गरेर करोडौं कमाउने माध्यम आयुर्वेद चिकित्सा नै हो।’

उनले हाल गौशाला प्राविधिक शिक्षालयमा पहिलो वर्षमा ४०, दोस्रोमा ३५ र तेस्रो वर्षमा २७ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै भने, ‘नेपालमा पहिलो सरकारी साझेदारी भएको पहिलो आयुर्वेद कलेज हो। यो देशकै सान हो तर राजनीतिक नेतृत्वले ध्यान नदिँदा देशकै गौरवको रूपमा रहेको शिक्षालय पछि परेको छ।’, उनले भने, ‘देहात यतिको शान्त र मनोरम वातावरणले नै यहाँ टाढाटाढाबाट विद्यार्थी पढ्न आउँछ तर यहाँको प्रदेश सरकार र संघीय सरकारलाई गौरवको योजना बचाउनुपर्छ भन्ने ध्यान नै छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.