दुबईमा नेपथ्यको लाइभ कन्सर्ट हुने

दुबईमा नेपथ्यको लाइभ कन्सर्ट हुने
फाइल तस्बिर
सुन्नुहोस्

दुबई : नेपाली सांगीतिक ब्यान्ड नेपथ्यले आगामी अक्टोबर ४ मा यूएईको दुबईमा लाइभ कन्सर्ट गर्ने भएको छ ।

ईजी ग्रुपको आयोजनामा 'नेपथ्य लाइभ इन् दुबई २०२६' आयोजना हुन लागेको हो । दुबईको इन्टरनेट सिटीस्थित 'द एजेन्डा' हलमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

कार्यक्रमबारे जानकारी दिन दुबईमा आयोजित पत्रकार सम्मेलनमा ईजी ग्रुपका अनिल लामिछानेले तयारी अन्तिम चरणमा रहेको बताए । उनका अनुसार कन्सर्ट नेपाली संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

कार्यक्रमको मुनाफाको २० प्रतिशत भोटेकोशीमा आएको बाढीका कारण अनाथ भएका बालबालिकाको शिक्षाका साथै एकल महिलाको संरक्षणमा खर्च गरिने आयोजकले जनाएको छ ।

करिब पाँच हजार दर्शक क्षमताको द एजेन्डा हलमा आयोजना हुने कार्यक्रममा यूएईमा रहेका नेपालीलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ । यूएईमा नेपथ्यको राम्रो क्रेज रहेको र दर्शक स्वस्फुर्त उपस्थित हुने गरेको पाइएको छ । नेपथ्यले यसअघि पनि यूएईमा विभिन्न सांगीतिक कार्यक्रम गर्दै आएको छ । चार वर्षपछि दुबईमा हुन लागेको यस पटकको कन्सर्टलाई थप प्रभावकारी बनाउने तयारी गरिएको आयोजकको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.