स्तनपान रोजाइ, फर्मुला मिल्कको बिदाइ

स्तनपान रोजाइ, फर्मुला मिल्कको बिदाइ
सुन्नुहोस्

स्तनपान सफल बनाउन आमाको इच्छाशक्ति मात्रै पर्याप्त हुँदैन। परिवार, स्वास्थ्य संस्था, कार्यस्थल र राज्यको सहयोग पनि उत्तिाकै आवश्यक हुन्छ। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ लाई संशोधन गर्न प्रस्ताव पेस गरिएको छ।

शिशु जन्मिएपछि उसको पहिलो आहार के हो ? जसको उत्तर हो– स्तनपान। 

जन्मेको पहिलो घण्टादेखि सुरु हुने स्तनपानले शिशुलाई पोषणमात्र दिँदैन, संक्रमणबाट जोगाउने प्रतिरोधात्मक क्षमता विकास गर्नसमेत सहयोग गर्छ। स्तनपानले रोगबाट सुरक्षा प्रदान गर्नुका साथै शारीरिक वृद्धि र मस्तिष्कको विकासमा सहयोग पुर्‍याउने बाल रोग विशेषज्ञहरू बताउँछन्।

तर, नेपालमा सबै शिशुले जन्मेको पहिलो घण्टामै आमाको दूध पाउन सकेका छैनन्। ६ महिनासम्म पूर्ण स्तनपान गराउने अभ्यासमा पनि अझै सुधारको आवश्यकता देखिएको छ। नेपाल बहुसूचक सर्वेक्षण (नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे) २०२४–२५ अनुसार, ६ महिनाभन्दा कम उमेरका १० जना  शिशुमध्ये  सातजनाले मात्र पूर्ण स्तनपान पाएका छन्।  जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्ने नवजात शिशुको संख्या भने १० मध्ये चारभन्दा कम छ। यसले स्तनपानको महत्वबारे जानकारी हुँदाहुँदै पनि व्यवहारमा

अझै ठूलो खाडल रहेको देखाउँछ। 

सरकारले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण निर्वाध भइरहेकोले कतिपय आमाहरू स्तनपानलाई महत्व नदिएको पाइएको छ। शिशिबाट दूध खुवाउँदा वा छुट्टै पुरक खाद्य पदार्थ खुवाउँदा शिशको स्वास्थ्यमा असर परिरहेको चिकित्सकहरू बताउँछन्।नेपाल पेडियाट्रिक सोसाइटीकी डा. पवना कायस्थ आमाको दूधको विकल्पको रूपमा  प्रचार गरिने अन्य उत्पादनहरूको अनुचित बजारीकरणबाट जोगिनु पर्ने बताउँछिन्। डा. कायस्थ भन्छिन, शिशु फर्मुला तथा आमाको दूधको विकल्पका रूपमा प्रचार गरिने अन्य उत्पादनहरूको अनुचित बजारीकरणबाट जोगिनुपर्छ।’ सरकारले स्तनपानको संरक्षण तथा सम्बद्र्धन र बालआहारको बिक्री वितरणलाई नियमित गरी बालबालिकाको सुरक्षित र पर्याप्त पोषणको व्यवस्था गर्न आमाको दुध प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) सम्बधी ऐन २०४९ जारी गरे पनि कार्यान्वयन हुन सकेको छैन।  डा. कायस्थका अनुसार, आमाको दुध प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) सम्बन्धी ऐन २०४९ र मातृशिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका २०८३ को प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ।   

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र युनिसेफले शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्न र जन्मदेखि छ महिनासम्म पूर्ण स्तनपान गराउन सिफारिस गरेका छन्। पूर्ण स्तनपान भन्नाले आमाको दूधबाहेक पानीसमेत नदिई स्तनपान गराउनु हो। छ महिना पुगेपछि भने शिशुलाई आवश्यक पौष्टिक पूरक आहार सुरु गर्दै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन सिफारिस गरिएको छ।

स्तनपान नै पहिलो सुरक्षा

स्तनपान शिशुको पोषणसँग मात्र जोडिएको विषय होइन, जीवनरक्षासँग पनि जोडिएको छ। अध्ययनहरूले आमाको दूध नपाएका ६ महिनाभन्दा कम उमेरका शिशुमा पूर्ण स्तनपान गर्ने शिशुको तुलनामा मृत्युको जोखिम बढी हुने देखाएका छन्। 

आमाको दूधमा पाइने प्रतिरोधात्मक तत्वले शिशुलाई विभिन्न संक्रमण तथा रोगबाट जोगाउन सहयोग गर्छ। यसले स्वस्थ शारीरिक वृद्धि र मस्तिष्कको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्छ। स्तनपान गरेका बालबालिकामा पछि गएर बढी वजन वा मोटोपन हुने सम्भावना पनि कम हुने अध्ययनहरूले देखाएका छन्। स्तनपानको फाइदा शिशुमा मात्र सीमित हुँदैन। स्तनपानले आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ र स्तन तथा डिम्बाशयको क्यान्सरको जोखिम कम गर्ने क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। 

पछिल्लो समय शिशुलाई बोतलबाट दूध खुवाउने चलन बढेको छ। नेपाल बहुसूचक सर्वेक्षण (नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे) २०२४–२५ अनुसार, नेपालमा दुई वर्षमुनिका बालबालिकामध्ये २८ प्रतिशतलाई बोतलबाट दूध खुवाउने गरिएको छ। बागमती प्रदेशमा यस्तो दर ५१ प्रतिशतसम्म पुगेको छ। स्तनपान गराउने आमालाई पर्याप्त समय, पारिवारिक सहयोग र कार्यस्थलको अनुकूल वातावरण नहुँदा पनि समस्या थपिन सक्छ। सुत्केरीपछि काममा छिट्टै फर्किनुपर्ने बाध्यता भएका महिलाका लागि नियमित स्तनपान कायम राख्नु अझ चुनौतीपूर्ण भएको छ। 

नेपाल पेडियाट्रिक सोसाइटीकी  डा. कायस्थ स्तनपानलाई प्रोत्साहन गर्न सुत्केरी बिदासँगै आवश्यक सहयोग र संरक्षणको वातावरण बनाउनुपर्ने बताउँछिन्।  स्तनपान सफल बनाउन आमाको इच्छाशक्ति मात्रै पर्याप्त हुँदैन। परिवार, स्वास्थ्य संस्था, कार्यस्थल र राज्यको सहयोग पनि उत्तिकै आवश्यक हुन्छ। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ लाई संशोधन गर्न प्रस्ताव पेस गरिएको छ। संघीय संरचनाअनुसार प्रदेश तथा स्थानीयतहसम्बन्धी व्यवस्था थप गर्नुपर्ने, आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु तथा बालसूत्रको प्रयोग साथै आमा दूध संकलन तथा व्यवस्थापनसम्बन्धी विषय थप गर्नुको साथै कसूर तथा सजाय समेतका व्यवस्थाहरू संशोधन तथा थप गर्नुपर्ने भएको हुनाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विधेयकलाई संसद्ले पारित गरेर ऐन बनेमा प्रेष्क्रिप्सन बिना विक्रिवितरण गर्नेलाई कारबाहीको व्यवस्था  छ। 

पहिलो पटक कसुर गरेमा ५ हजार  रुपैयाँ र दोहोर्‍याई कसुर गरेमा दोब्बर जरिवानाको व्यवस्था छ। झुटो वा प्रतिबन्धित कार्य गरेमा  कसुरको गम्भीरता हेरी ३ महिनादेखि ५ वर्षसम्म कैद र २५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको समेत व्यवस्था गरिएको छ। नियम विपरीतको फर्मुला मिल्क प्रयोगबाट शिशुको स्वास्थ्यमा क्षति पुगेमा अदालतले कसुरदारबाट पीडित परिवारलाई १० लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिने व्यवस्था प्रस्ताव गरिएको छ।                         

-प्रस्तुति : दिनेश गौतम


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.