चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलटको स्वास्थ्य अवस्था स्थिर

चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलटको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं : फ्लाईदुबईकाे  उडानका क्रममा चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलट स्मित मच्छरको स्वास्थ्य अवस्था स्थिर रहेको साउदी अरबस्थित भारतीय दूतावासले जनाएको छ। दूतावासका अनुसार पाइलट मच्छरको उत्तर- पश्चिम साउदी अरबको तबुक शहरस्थित एक अस्पतालमा उपचार भइरहेको छ।

दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत मच्छरको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ। उनकाे आवश्यक स्वास्थ्य उपचार भइरहेकाे र स्वास्थ्य अवस्थालाई निरन्तर नियालिरहेको दूतावासले जनाएकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे  छ। 

दूतावासले पाइलट मच्छरको परिवारसँग लगातार सम्पर्कमा रहेको र साउदी अधिकारीहरूसँग समन्वय गरी हरसम्भव सहयोग उपलब्ध गराइने जनाएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाइलट स्मित मच्छरको साहसको प्रशंसा गर्दै उनलाई ‘हिरो’ को संज्ञा दिएका थिए।

बुधबार दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाईदुबईको जहाज उडान भरेको करिब दुई घण्टापछि अकस्मात साउदी अरबकतर्फ मोडिएर आपतकालीन अवतरण गरिएको थियो। ककपिटभित्रै एक पाइलटले अर्का पाइलटमाथि सांघातिक आक्रमण गरेपछि जहाज मोड्नु परेको बताइएको छ।

आक्रमणमा परेका क्याप्टेन मच्छर भारतीय नागरिक हुन्। ककपिटभित्र भएको उक्त आक्रमणको वास्तविक कारण भने अझै खुल्न सकेको छैन।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.