जुडोमा नेपालकी पुनम पराजित
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ पराजित भएकी छन्। नेपालका लागि ७० केजी मूनी तौल समूहमा प्रतिस्पर्धा गरेकी पुना भारतकी ताखेलाम्बाम इनुगान्वीसँग इप्पोनको आधारमा पराजित भएकी हुन्। उनी नेपालको लागि निकै अनुभवी खेलाडी हुन्। उनीबाट नेपालले पदकको आशा गरेको थियो।
यसअघि नै नेपालले बुधबार जुडोमा ४ प्रतिस्पर्धामा हार बेहोरेको थियो। महिला ४८ केजीमूनीको प्रतिस्पर्धामा निशा श्रेष्ठ हङहङकी वोङ कालीसँग इप्पोनको आधारमा पराजित भएकी थिइन्। महिलाकै ५२ केजीतर्फको महिला प्रतिस्पर्धामा देवकी माया श्रेष्ठ भियतनामकी लाम थि ग्गान हासँग युकोको आधारमा पराजित भएकी हुन् ।
बुधबार पुरुषतर्फको ६६ केजीमूनी विशेष विक हङकङकै वोङ काकीसँग वाजा अरीको आधारमा पराजित भए । यस्तै, ६६ केजीमूनी इप्पोनकै आधारमा विकास विक उज्वेकिस्तानका खुचकरोभ समारिदिनसँग पराजित भएका हुन्।
प्रतिक्रिया दिनुहोस !