भुटानविरुद्ध क्यान ११ को जित
काठमाडौं : आइसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीमा नेपालमा रहेको भुटानविरुद्ध क्यान ११ ले १३ रनको जित दर्ता गरेको हो।पोखरा रंगशालमा टस जितेर ब्याटिङ गरेको क्यान ११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको हो। क्यान ११ ले दिएको १२४ रनको विजयी लक्ष्य पछ्याएको भुटानले ९ विकेटको क्षतिमा ११० रनमात्रै बनाउन सक्यो।
भुटानका लागि ओपनर नाम्गे थिन्लले सर्वाधिक २९ रन बनाए। उनले ४४ बलमा ५ चौका प्रहार गरे। सोनम चोपेलले १९, रानजंग मिक्यो दोर्जीले १३, थिन्ले जाम्सोले १९ रन बनाए। आनन्द मोङ्गरले १० रन बनाउँदै अविजित रहे।
क्यान ११ को लागि बलिङमा विपिन शर्माले सर्वाधिक ३ विकेट लिए। कप्तान विपिन खत्री र युवराज खत्रीले २–२ विकेट लिए। आनन्द मण्डलले १ विकेट लिए। त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको क्यान ११ को लागि कप्ता नविपिन खत्रीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले ।उनले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। ओपनर अर्जुन कुमालले २५ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भुटानको लागि बलिङतर्फ थिन्ले जाम्सो, गकुल कुमार घले र सोनम यासेले २–२ विकेट लिए। कर्मा दोर्जी र नाम्गे थिन्लले १–१ विकेट लिए। भुटानले यसअघि, गण्डकी प्रदेशसँग २ खेल खेलेको थियो। दुवै खेलमा भुटान पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !