नरपानीमा बढ्दैछ पर्यटनमा लगानी

नरपानीमा बढ्दैछ पर्यटनमा लगानी

दाङ : पर्यटकीय गन्तव्यका रूपमा तीव्र गतिमा विकास हुँदै गएको अर्घाखाँचीको नरपानी क्षेत्रमा पर्यटकीय लगानी पनि बढ्दै गएको छ। आन्तरिक तथा बाह्य पर्यटकहरूको केन्द्र बनेको नरपानी क्षेत्रमा पछिल्लो समय पर्यटकीय संरचना र लगानी बढ्न थालेको हो। यस क्षेत्रमा अहिले आधुनिक र सुविधासम्पन्न होटेल तथा रिसोर्टहरू स्थापना हुने क्रम बढ्दो छ।

नरपानी क्षेत्रमा साना, मध्यम र ठूला गरेर ३० भन्दा बढी होटेल तथा रिसोर्ट सञ्चालनमा रहेका छन्। धार्मिक तथा पर्यटकीय संगमका रूपमा रहेको नरपानीमा पर्यटकीय पूर्वाधारमा मात्रै अरबको हाराहारीमा लगानी भइरहेको पर्यटन व्यवसायीहरूको अनुमान छ। 

केही समयअघिसम्म सीमित मात्रामा रहेका होटेल तथा रिसोर्ट रहेको नरपानीमा अहिले लगानी अत्यधिक रूपमा बढेको छ। दुई वर्षको अन्तरालमा मात्रै यस क्षेत्रमा होटेल तथा रिसोर्टहरूको लगानी र संख्या बढेको हो।  स्थानीय प्रेमराज पौडेलका अनुसार नरपानी क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको र पर्यटकीय पूर्वाधार तथा संरचनाहरूको पनि विकास भइरहेको छ। उनले यस क्षेत्रमा दुई वर्षको बीचमा एउटा ठूलो रिसोर्ट तथा मध्यम खालका पाँच वटा होटेल स्थापना भइसकेको बताए। यसअघि यस क्षेत्रमा दुईवटा मध्यमस्तरका होटेल तथा रिसोर्ट सञ्चालनमा रहेका थिए भने अन्य मझौला तथा साना होटेल, रेस्टुरेन्ट सञ्चालनमा रहेका थिए।

यही बीचमा अहिलेसम्मकै ठूलो लगानीसहित आधुनिक सुविधासम्पन्न सुपा भ्यू रिसोर्ट सञ्चालनमा आएको छ। पर्यटन व्यवसायी तथा सुपा भ्यु रिसोर्टका सीईओ यामु थापाले नरपानी क्षेत्रलाई पर्यटकीय रूपमा स्थापित गर्न तथा संस्थागत विकासका लागि टेवा पु¥याउने उद्देश्यमा सुपा भ्युले मद्दत गर्ने बताए। 

‘केही नयाँ, फरक, आधुनिक सुविधासहितको सुपा भ्यु रिसोर्ट सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि ठूला होटेल तथा रिसोर्टहरूको आवश्यकता रहन्छ, त्यो हामीले पूरा गर्ने प्रयास गरेका छौं।’ 

स्थानीय लगानी र व्यवस्थापनलाई प्राथमिकता दिँदै निर्माण गरिएको रिसोर्टले पर्यटनसँगै स्थानीय रोजगारी र व्यावसायिक गतिविधि बढाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। रिसोर्टमा ३५ जनाले रोजगारी पाएका छन्। नरपानीमा आउने पर्यटकलाई प्राकृतिक दृश्यावलोकन सँगै आरामदायी बसाइ, खानपान र मनोरञ्जनको सुविधा एकै ठाउँमा दिने प्रयास गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.