वेस्ट इन्डिजमाथि भारतको जित
एजेन्सी/गुवाहाटी : कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतक र रोहित शर्माको शतकप्रेरित भारतले एकदिवसीय क्रिकेटमा विशाल लक्ष्य पूरा गर्दै वेस्ट इन्डिजमाथि सानदार जित निकालेको छ।
गुवाहाटीमा बुधबार भएको दोस्रो एकदिवसीय खेलमा भारतले वेस्ट इन्डिजले दिएको ४०६ रनको लक्ष्य ४३.३ ओभरमै दुई विकेट गुमाएर पूरा गर्दै ८ विकेटको जित हात पारेको हो। यससँगै भारतले तीन खेलको शृंखलामा २–० को अग्रता बनाउँदै शृंखला आफ्नो पक्षमा पारेको छ।
भारतको जितका नायक कप्तान गिल रहे। उनले अविजित २२३ रन बनाए। १३३ बलको सामना गरेका गिलले आफ्नो पालिमा ११ छक्का र २० चौका प्रहार गरे। उनको दोहोरो शतक एकदिवसीय क्रिकेटकै सबैभन्दा छिटो बनेको दोहोरो शतकसमेत हो। गिललाई अर्को छेउबाट अनुभवी रोहित शर्माले साथ दिएका थिए। रोहितले १०१ रन बनाए। गिल र रोहितले पहिलो विकेटका लागि २५५ रनको साझेदारी गर्दै भारतलाई जिततर्फ अघि बढाएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ४०५ रन बनाएको थियो। यो वेस्ट इन्डिजको एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर हो। वेस्ट इन्डिजका तीन ब्याटरले शतक बनाएका थिए। जोन क्याम्पबेलले १०१, साई होपले १०४ र अमिर जांगुले १०० रन बनाएका थिए। एउटै एकदिवसीय पालिमा एउटै टोलीका तीन ब्याटरले शतक बनाएको यो क्रिकेट इतिहासमा दुर्लभ उपलब्धिमध्ये एक हो।
प्रतिक्रिया दिनुहोस !