सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !
७