मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्ग क्लबमा विशेष छुट
काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले बालकुमारीमा रहेको एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्ग क्लबसंग विशेष छुट प्रदान गर्ने व्यावसायिक सम्झौता गरेको छ।
यस व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले उक्त व्यायामशालामा ७.५० देखि १७.५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्। उक्त व्यायामशालामा MMA, Boxing, Advanced Cardio, Group Fitness Classes, Zumba, Yoga जस्ता सेवाहरु उपलब्ध छन्। साथै, Workout पछि Relaxation का लागि Sauna सुविधाको पनि व्यवस्था गरिएको छ।
उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको डेबिट कार्ड वा मोबाईल बैंकिङ्ग एप मार्फत भुक्तानी गर्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस !
७