राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा चाडपर्व लक्षित अफर घोषणा
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले दशैँ–तिहार र छठ लगायतका चाडपर्वहरुलाई लक्षित गरी विभिन्न किसिमका कर्जामा अफर सार्वजनिक गरेको छ।
बैंकले चाडपर्व लक्षित अफरअन्तर्गत घर कर्जामा (घर जग्गा खरिद, घर निर्माण र घडेरी खरिद गर्न) २० वर्ष अवधिका लागि ५.५१ प्रतिशत ब्याजदरमा ३ करोड रुपैयाँसम्मका कर्जा र सवारी कर्जा अन्तर्गत विद्युतीय तथा अन्य सबै प्रकारका गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि ४.९० प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिसम्मका लागि १ करोड रुपैयाँसम्मका कर्जा उपलब्ध गराउँदै आएको छ।
चाडपर्व अफरअन्तर्गत प्रवाह गरिने कर्जाका सेवा शुल्कमा समेत भारी छुटको व्यवस्था गरिएको छ। चाडपर्वको समयमा सवारी साधन, घर खरीद तथा निर्माण गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याईएको हो।
प्रतिक्रिया दिनुहोस !