बालगोपाल साहुखलले प्राप्त गरे एएफसी प्रो लाइसेन्स प्रमाणपत्र
काठमाडौं : नेपालका पूर्वखेलाडी तथा प्रशिक्षक बालगोपाल साहुखलले एएफसी प्रो लाइसेन्स प्रमाणपत्र प्राप्त गरेका छन्।
उनी प्रो लाइसन्स कोर्ष पूरा गर्ने पहिलो नेपाली प्रशिक्षक हुन्। उनले फुटबल अष्ट्रेलिया र एसियन फुटबल महासंघ (एएफसी) बाट मान्यता प्राप्त कोर्षबाट व्यवसायिक फुटबलको काम गर्न इच्छुक प्रशिक्षकको लागि तयार गरिएको थियो।
साहुुखलले सिड्नीको फुटबल एसोसियसनअन्तर्गत रहेक १ वर्षको कोर्ष ४ चरणमा रहेर पूरा गरेका हुन्। यो कोर्षमा उन्नत प्रशिक्षण रणनीति, व्यावसायिक वातावरणमा नेतृत्व, प्रशिक्षक टोलीको व्यवस्थापन तथा मार्गदर्शन, प्रशिक्षण दर्शनको विकास, खेल अवस्थाको विस्तृत विश्लेषण र खेलाडी विकासजस्ता विषयमा केन्द्रित भएर अध्ययन गराइन्छ।
साहुखलले नेपालको लागि ए डिभिजन लिगमा खेलेका थिए। हाल उनी नेपालको लागि उमेर समूहको प्रशिक्षकको रुपमा काम गरिसकेका छन्। उनले कोर्ष पूरा गरेपछि यो यात्रामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा कोर्ष पूरा गरेपछि आएको इमेलसहित सामूहिक तस्बिर सार्वजनिक गरेका थिए।
प्रतिक्रिया दिनुहोस !