दृश्यम ३ को पहिलो दिनमै बम्पर कमाइ, अजय देवगनको करिअरकै ठूलो ओपनिङ

दृश्यम ३ को पहिलो दिनमै बम्पर कमाइ, अजय देवगनको करिअरकै ठूलो ओपनिङ
सुन्नुहोस्

काठमाडौं : अजय देवगन अभिनीत फिल्म ‘दृश्यम ३ : द कन्क्लुजन’ले प्रदर्शनको पहिलो दिनमै बक्स अफिसमा बम्पर सुरुवात गरेको छ। विश्लेषकहरूले अनुमान गरेअनुसार फिल्मले घरेलु बजारमा पहिलो दिन ५५ करोड भारतीय रुपैयाँभन्दा बढीको कमाइ गरेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।

उद्योगको बक्स अफिस ट्र्याकर स्याकनिल्कका अनुसार शुक्रबार राति ८ बजेसम्म फिल्मले भारतमा ५६.०४ करोड भारतीय रुपैयाँ ग्रस कमाएको छ। योसँगै ‘दृश्यम ३’ अजय देवगनको करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ।

यसअघि अजय देवगनको सबैभन्दा ठूलो ओपनिङको रेकर्ड सन् २०२४ मा प्रदर्शनमा आएको ‘सिंघम अगेन’को नाममा थियो। उक्त फिल्मले पहिलो दिन ४५ करोड भारतीय रुपैयाँ कमाएको थियो।

‘दृश्यम ३’मा अजय देवगनसँगै तब्बु र जयदीप अहलावत मुख्य भूमिकामा छन्। फिल्मले प्रदर्शनपछि सकारात्मक प्रतिक्रिया पाइरहेको छ। विशेषगरी कलाकारहरूको अभिनयको प्रशंसा भइरहेको छ।

फिल्म प्रदर्शनअघि पनि ‘दृश्यम ३’ चर्चामा थियो। अक्षय खन्नाले सिर्जनात्मक मतभेदका कारण फिल्म छाडेको समाचार सार्वजनिक भएपछि फिल्मप्रति दर्शकको चासो थप बढेको थियो।

‘दृश्यम ३’ अजय देवगनको यस वर्षको दोस्रो फिल्म हो। यसअघि प्रदर्शनमा आएको ‘धमाल ४’ ले विश्वभर करिब २२२ करोड भारतीय रुपैयाँ कमाएको बताइएको छ। त्यस्तै, ‘रेड २’ ले करिब २३७ करोड भारतीय रुपैयाँको विश्वव्यापी व्यापार गरेको रिपोर्ट सार्वजनिक भएको थियो।

‘दृश्यम’ फ्रेन्चाइजको अघिल्ला फिल्मको तुलनामा तेस्रो भागको ओपनिङ निकै ठूलो देखिएको छ। सन् २०१५ मा आएको पहिलो ‘दृश्यम’ले पहिलो दिन ५.८५ करोड भारतीय रुपैयाँ कमाएको थियो भने सन् २०२२ मा प्रदर्शनमा आएको ‘दृश्यम २’ले १८.१५ करोड भारतीय रुपैयाँको ओपनिङ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.