दाउन्नेमा यात्रुवाहक बस दुर्घटना: ६ को मृत्यु, १० जना घाइते
नवलपुर : नवलपुरको दाउन्नेमा ब्रेक फेल भएर यात्रुवाहक बस नालामा पल्टिँदा ६ जनाको मृत्यु भएको छ, भने १० जना घाइते भएका छन्।
नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस बिहान करिब ०४:०० बजे अनियन्त्रित भई सडकको नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
उनका अनुसार कोहलपुरबाट काठमाडौंका लागि छुटेको बस पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोड नजिकै पूर्व–पश्चिम राजमार्गमा ब्रेक फेल भएर आज बिहान दुर्घटनामा परेकाे हाे ।
उक्त बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिल्ला जाजरकोट, भेरीगंगा नगरपालिका –०३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् भने अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ ।
घाइते हुनेहरुकाे विवरण :
१. जिल्ला गोरखा, गो.न.पा.-०९ बस्ने वर्ष ३० को हरिशरण थापा,
२. जिल्ला अछाम मंगलसेन न.पा. ६ बस्ने वर्ष २८ को तेजेन्द्र प्रसाद भण्डारी,
३. जिल्ला बर्दिया ठाकुरबाबा न.पा. १ बस्ने वर्ष २० की आकृती,
४. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा. ५ बस्ने वर्ष ३२ को पवन बुढा,
५. जिल्ला बर्दिया राजापुर न.पा. ९ बस्ने वर्ष २८ को सञ्जय थारु,
६. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा.१ बस्ने वर्ष २५ को प्रेम बम,
७. जिल्ला ललितपुर कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने वर्ष २९ को अनोज खत्री,
८. जिल्ला बर्दिया बाँसगढी न.पा. ७ बस्ष ३६ को लाल बहादुर कार्की,
९. जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. १६ बस्ने वर्ष ४८ को अस्लाम भगवान,
१०. जिल्ला सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने वर्ष २१ को अनिल बुढाथोकी रहेका छन् ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले बसमा सवार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !