‘१५ औं महाधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने’

‘१५ औं महाधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने’
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५ औँ महाधिवेशन गराएर शेर बहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग छलफलमा नेता महतले देउवाको नेतृत्वमा १४ औँ महाधिवेशन सम्पन्न भई निर्वाचित भएको र १५ औँ महाधिवेशन गराएर उनले नै नेतृत्व हस्तान्तरण गर्ने उल्लेख गरेका हुन् । 

आफूहरूको महाधिवेशन प्रक्रिया उत्साहपूर्वक अघि बढिरहेको उनको भनाई छ। नेता महतले प्रतिकूल अवस्था र अनेकौँ दबाबका बाबजुद पनि पार्टीका नेता तथा कार्यकर्ता आफैँ खर्च गरेर,कुनै तामझाम बिना देशैभरिका जिल्ला तथा वडा तहमा स्वतःस्फूर्त रूपमा जुटिरहेको दाबी गरे।  विशेष अधिवेशन भनेर पार्टीलाई बिथोल्ने कोशिस गलत भएको र यसको विरुद्धमा पार्टीका नेता, स्थानीय जनप्रतिनिधि तथा सांसदहरू उभिएको उनको भनाई छ।

उनले पार्टीको मूल आदर्श, मूल्य र मान्यतालाई जोगाउन न्यायको पक्षमा उभिएको र अदालतबाट पनि न्याय पाइनेमा पूर्ण विश्वास रहेको धारणा राखे । भ्रममा परेर अर्को अधिवेशनमा सहभागी भएका नेता तथा कार्यकर्ताहरु पनि गल्ती महसुस गरी वडा तहदेखि नै पुनः आधिकारिक प्रक्रिया र अभियानमा जोडिन थालेको उनको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.