पोखरा महानगरले फिर्के खोलाको अतिक्रमण संरचना तत्काल हटाउने

पोखरा महानगरले फिर्के खोलाको अतिक्रमण संरचना तत्काल हटाउने
फाइल तस्बिर
सुन्नुहोस्

पोखरा : पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षभित्र फिर्के खोलाको अतिक्रमण गरेर बनाइएका सबै संरचना हटाउने योजना रहेको जनाएको छ । गत जेठमा संरचना भत्काउन आक्रमक बनेको महानगरपालिका कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो । 

अतिकमण गरेका हरुलाई तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना भत्काउन सुरु गरिएको नगर पालिकाले जनाएको छ । २०८० सालको नापजाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल १ सय ६० संरचनामध्ये यसअघि १ सय ४ वटा अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो । यद्यपि, खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब ५६ वटा पक्की र संस्थागत संरचनाहरू भत्काउन बाँकी नै थियो ।

बाँकी रहेका संरचनाहरूमा केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की घरहरू परेकाले नापजाँच र कानुनी प्रक्रिया मिलाउन समय लागेकोले चालु आर्थिक वर्षभित्र खोला घरका सबै संरचना हटाउने योजना रहेको महानगरपालिकाको पर्यटन तथा शहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.