कांग्रेस १५ औं महाधिवेशन : प्रतिनिधि बस्न होटल बुक, खर्च आफैँले व्यहोर्नुपर्ने

कांग्रेस १५ औं महाधिवेशन : प्रतिनिधि बस्न होटल बुक, खर्च आफैँले व्यहोर्नुपर्ने
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट आउने प्रतिनिधिहरुका लागि काठमाडौंमा बसोबासको तयारी पूरा भएको छ। पार्टीको आवास व्यवस्थापन समितिले काठमाडौंका विभिन्न ८ क्षेत्रमा १० हजार प्रतिनिधि र शुभेच्छुकका लागि होटल बुकिङ गरेको छ।  

 केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समिति र नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घको पहलमा गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रमा होटलहरू तय गरिएको हो।  

नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालका अनुसार कोशी र मधेस प्रदेशबाट आएका प्रतिनिधिलाई गौशाला र कोटेश्वर, बागमती प्रदेशका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क, कर्णाली र सुदूरपश्चिमका लागि सुन्धारा र कलङ्कीमा बस्ने व्यवस्था गरिएको छ ।

सङ्घका अध्यक्ष  ढकालका अनुसार प्रतिनिधिहरूका लागि सहुलियत दरमा होटलमा ५ हजार काेठा व्यवस्थापन गरिएको छ। जिल्ला, जनसम्पर्क समिति र भ्रातृ संस्थाका महाधिवेशन प्रतिनिधिहरूले होटलको खर्च आफैँ व्यहोर्नुपर्नेछ भने विदेशबाट आमन्त्रित पाहुनाहरूको आवास खर्च भने पार्टीले व्यहोर्ने भएको छ।  महाधिवेशन अवधिभर प्रतिनिधिहरूका लागि बिहान र दिउँसोको खाना भृकुटीमण्डपमा पार्टीको तर्फबाट उपलब्ध गराइनेछ। आवासमा कुनै समस्या परेमा नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले सहजिकरण गर्नेछ। 

प्रतिनिधिहरूको सहजताका लागि होटलको नाम, क्षेत्र र मूल्य सम्बन्धी विवरण पार्टीको आधिकारिक वेबसाइटमा राखिएको कांग्रेसले जनाएको छ।  महाधिवेशन यही असोज २२ गतेसम्म चल्नेछ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.