बारामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सिमरा : जितिया पर्वका अवसरमा शनिबार पोखरीमा नुहाउने क्रममा डुबेर बारामा दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा देवताल गाउँपालिका-६ रौवाहीका भोला पटेलकी १४ वर्षीया छोरी निशा पटेल र राजेश पटेलकी १४ वर्षीया छोरी चाँदनी पटेल रहेका छन्।
बारा प्रहरीका अनुसार देवताल गाउँपालिका-६ स्थित पोखरीमा नुहाउन गएका बेला बालिकाहरु बेपत्ता भएका थिए। बेपत्ता भएको केहीबेरमा दुबै बालिका मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !