रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा मनोनित भएका छन्। सभापति रवि लामिछानको सभापतित्वमा शनिबार बसेको केन्द्रीय समितिको बैठकले झालाई प्रवास सम्पर्क विभाग प्रमुखमा मनोनित गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
यस्तै, बैठकले आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभाग प्रमुखमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभाग प्रमुखमा रुबिना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभाग प्रमुखमा सुदिप ढकाल र विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग प्रमुखमामा सुलभ खरेललाई मनोनित गरेको खरेलले बताए,
प्रवक्ता खरेलका अनुसार कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग प्रमुखमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभाग प्रमुखमा दिपककुमार साह (महोत्तरी), आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग प्रमुखमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुखमा आनन्द बहादुर चन्द र संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग प्रमुखमा डा. धनञ्जय रेग्मी मनोनित भएका छन्।
प्रतिक्रिया दिनुहोस !