कांग्रेस महाधिवेशन : कहाँ–कहाँ गरिएको छ सवारीसाधन पार्किङकाे व्यवस्था ?

कांग्रेस महाधिवेशन : कहाँ–कहाँ गरिएको छ सवारीसाधन पार्किङकाे व्यवस्था ?
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारबाट काठमाडौँको खुला मन्चमा सुरु हुँदैछ। आइतबार २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरुका लागि सवारीसाधन पार्किङका लागि ८ स्थानमा ब्यवस्थापन मिलाएको छ।

कांग्रेस महाधिवेशन आयोजक समितिअन्तर्गतको यातायात ब्यवस्थापन समितिका संयोजकसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुका लागि धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान स्थल र दरवारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थललाई तोकिएको छ। 

यसैगरी काठमाडौ उपत्यका बाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठुला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागलाई पार्किङ गर्न मिल्ने गरि ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौँसँग समन्वय गरिएको स्वाँरले जानकारी दिए। धरहरा अन्डर ग्राउन्ड पार्किङ र अन्नपूर्ण होटलको पार्किङ स्थलमा शुल्क लाग्नेछ भने अन्यत्र निशुल्क हुनेछ।

कांग्रेसले नेता कार्यकर्तालाई निर्धारित स्थानमा सवारीसाधन पार्किङ गरिदिन आग्रह गरेको छ। आफू सवारीसाधन लिएर आएकै क्षेत्रको तोकिएको पार्किङमा सवारीसाधन ब्यवस्थापन गरेर आउन कांग्रेसले प्रतिनिधि तथा नेताकार्यकर्तालाई आग्रहसमेत गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.