२०औं एसियाली खेलकुद : लक्ष्य दोहोरो अंक, नतिजा दुई कास्य

२०औं एसियाली खेलकुद : लक्ष्य दोहोरो अंक, नतिजा दुई कास्य
सुन्नुहोस्

नागोया (जापान) : जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुदका प्रतिस्पर्धा शनिबार सकिएका छन्। आइतबार समापन समारोह हुँदै गर्दा नेपालको प्रदर्शन भने अपेक्षाअनुसार हुन सकेन। दोहोरो अंकमा पदक जित्ने र एसियाली खेलकुदमा पहिलो स्वर्णको खोजी पूरा गर्ने लक्ष्यसहित जापान पुगेको नेपाल दुई कास्य पदकमै सीमित भएको छ।

पुरुष करातेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कास्य जित्दा पदकका प्रमुख दाबेदार मानिएका खेलाडीले अपेक्षित नतिजा निकाल्न सकेनन्। नेपालको प्रदर्शनले पदकको संख्यामात्र होइन, तयारी र प्रतिस्पर्धात्मक क्षमतामाथि पनि प्रश्न उठाएको छ। पदकको आशा गरिएका खेलाडीको असफलता, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव र तयारीमा गरिएको लगानीलाई उपलब्धिमा बदल्न नसक्नु नेपाली खेलकुदका मुख्य चुनौतीका रूपमा देखिएका छन्।

नेपालले अघिल्लो अर्थात् १९औं एसियाली खेलकुदमा एक रजत र एक कास्य गरी दुई पदक जितेको थियो। यसपटक पदक संख्या उस्तै रहे पनि रजतसमेत जित्न सकेन। यससँगै एसियाली खेलकुदमा नेपालको पहिलो स्वर्णको प्रतीक्षा पनि लम्बिएको छ।

तेन्जिङको कास्यले जोगाएको साख

नेपालका लागि पहिलो पदक जित्ने खेलाडी बने तेन्जिङ शेर्पा। पुरुष करातेको ८४ केजीमाथिको कुमितेमा उनले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कांस्य पदक पक्का गरेका थिए। उनको सफलताले नेपाललाई पदकविहीन हुनबाट जोगाउनुका साथै पदकको आशा गरिएको करातेलाई पनि निराशाजनक नतिजाबाट जोगाएको थियो।

पदकका प्रमुख दाबेदार असफल हुँदा तेन्जिङको उपलब्धि नेपालको मुख्य व्यक्तिगत सफलता बन्यो। तर, एक खेलाडीको सफलताले समग्र प्रदर्शनमा देखिएको कमजोरीलाई भने ढाक्न सकेन।

महिला कबड्डीको निरन्तर सफलता

महिला कबड्डी टोलीले पनि नेपालको पदक संख्या बढाउन महत्वपूर्ण भूमिका खेल्यो। समूह चरणमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। कबड्डीमा सेमिफाइनल पुग्ने टोलीले कम्तीमा कांस्य पदक सुनिश्चित गर्ने भएकाले नेपालले अन्तिम चारमा स्थान बनाउँदै पदक पक्का गरेको हो।

नेपालले अघिल्लो हाङझाउ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा कास्य जितेको थियो। लगातार दुई संस्करणमा पदक जित्नु महिला कबड्डीको निरन्तर उपलब्धि हो। समग्र टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेका बेला यस खेलले नेपालको साख जोगाएको छ।

एरिकाको हारले बढाएको निराशा

नेपालले सबैभन्दा बढी आशा गरेका खेलाडीमध्ये एक थिइन्, करातेकी एरिका गुरुङ। हाङझाउ एसियाडमा रजत पदक जितेकी एरिकाबाट यसपटक स्वर्णको अपेक्षा गरिएको थियो। तर, उनले त्यो अपेक्षा पूरा गर्न सकिनन्। उनी पदकविहीन भइन्। महिला ६८ केजीमाथिको कुमितेमा एरिकाले क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्। तर, सेमिफाइनलमा काजकस्तानकी सोफिया ब्रुल्त्सेभासँग २–१ ले पराजित भइन्। कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा पनि साउदी अरेबियाकी दिना अहमद मुस्तफासँग ८–७ ले हार्न पुगिन्।

अघिल्लो संस्करणमा रजत जितेकी खेलाडी यसपटक पदकविहीन हुनु नेपालको पदक लक्ष्यमा ठूलो धक्का थियो। एरिकाको नतिजाले अघिल्लो सफलता दोहो¥याउन वा सुधार गर्न निरन्तर अन्तर्राष्ट्रिय सहभागिता, खेलअनुसारको तयारी र निर्णायक प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता कति महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ। यद्यपि, नेपालको निराशाजनक प्रदर्शनको कारण एरिकाको हार मात्रै होइन। अन्य पदक सम्भावित खेल र खेलाडीले पनि अपेक्षित नतिजा दिन सकेनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.