प्रधानमन्त्री मोदी र क्याप्टेन मच्छरलाई इजरायलको स्वतन्त्रता दिवसमा नेतान्याहूको निमन्त्रणा

प्रधानमन्त्री मोदी र क्याप्टेन मच्छरलाई इजरायलको स्वतन्त्रता दिवसमा नेतान्याहूको निमन्त्रणा
सुन्नुहोस्

 काठमाडौं :  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले उडानका क्रममा ककपिटभित्र भएको आतङ्ककारी हमला विफल पारी सयौँ यात्रुको ज्यान जोगाउन सफल भारतीय पाइलट स्मित मच्छरलाई 'विश्वकै नायक' भन्दै प्रशंसा गरेका छन्।

प्रधानमन्त्री नेतान्याहूले क्याप्टेन मच्छर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजरायलको आगामी स्वतन्त्रता दिवसका अवसरमा विशेष दीप (टर्च) प्रज्वलनका लागि निमन्त्रणा समेत दिएका छन् । 

शनिबार टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री नेतान्याहूले क्याप्टेन मच्छरको साहस र धैर्यताको प्रशंसा गर्दै भने, 'तपाईं भारत र इजरायलका वीर जनताका सच्चा नायक हुनुहुन्छ र सिङ्गो विश्वकै नायक हुनुहुन्छ। म तपाईं र मेरा प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाम्रो आगामी स्वतन्त्रता दिवसको विशेष दीप प्रज्वलन गर्न आमन्त्रण गर्दछु।'

गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि उडेको 'फ्लाईदुबई' को उडान संख्या FZ1073 मा ओमानी सह-पाइलट हमाम अल-हमामीले ककपिटभित्रै क्याप्टेन मच्छरमाथि धारिलो हतियार प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेका थिए।

गम्भीर घाइते र दृष्टि धमिलो भएको अवस्थामा पनि क्याप्टेन मच्छरले ककपिटको ढोका खोल्न सफल भएका थिए, जसका कारण बाहिर रहेका चालक दलका सदस्य र यात्रुहरू भित्र छिरेर आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएका थिए। उक्त विमानलाई साउदी अरबको तबुकमा सुरक्षित आपतकालीन अवतरण गराइएको थियो, जसबाट विमानमा सवार १७४ जनाकै ज्यान जोगिएको थियो।

क्याप्टेन मच्छारले आफूले अन्तिम साससम्म लडेर भए पनि मानिसहरूको ज्यान जोगाउने प्रयास गरेको बताएका छन्। प्रधानमन्त्री नेतान्याहूले यस घटनालाई 'असाधारण साहस' को संज्ञा दिँदै घाइते पाइलट मच्छरको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.