भारत लैजाँदै गरेको ९ हजार किलो फर्सीको बिउसहित ट्रक नियन्त्रणमा

भारत लैजाँदै गरेको ९ हजार किलो फर्सीको बिउसहित ट्रक नियन्त्रणमा
सुन्नुहोस्

भैरहवा : नेपालबाट भन्सार छलेर ठूलो परिमाणमा भारत लैजान थालिएको फर्सीको बीउ भैरहवा भन्सार कार्यालयले बरामद गरेको छ। भारत जान थालेको भारतीय एचआर ३८ एए २८३४ नम्बर प्लेटको ट्रकलाई  बेलहिया सीमानाकामा चेकजाँच गर्दा करिब ९ हजार किलो फर्सीको बीउ बरामद भएको भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले जानकारी दिए ।

‘सीमापारी भारतीय क्षेत्रमा बीउ बरामद घटना हुन थालेपछि नाकामा निगरानी बढाएका थियौं’,प्रमुख भन्सार अधिकृत पौडेलले भने,‘जसअनुसार भारतमा जान थालेको ट्रकलाई चेकजाँच गर्दा आवश्यक कागजात नभएको पाइएपछि बीउसहित ट्रक नियन्त्रणमा लिएका हौं ।’ उनका अनुसार,ट्रकलाई रोकेर चेकजाँज गर्दागर्दै चालक ट्रक छाडेर फरार भएका छन् ।

केही दिनअघि भारतको सीमा सुरक्षा बल (एसएसबी) ले रुपन्देहीको नाकाबाट भारतीय ट्रकमा अवैध रुपमा गएको ६ हजार ४० किलो फर्सीको बीउसहित दुईजनालाई भारतीय सीमावर्ती नौतनवा क्षेत्रबाट पक्राउ गरेको थियो ।

यस्तै भारतको खुनुवा भन्सार कार्यालयले कपिलवस्तु नाकाबाट पनि अवैध रुपमा गएको दुईवटा भारतीय ट्रकमा पनि करिब १३ हजार ४ सय किलो फर्सीको बीउ र ओखर बरामद गरेको थियो ।

पछिल्लो समयको घटनाले रुपन्देही र कपिलवस्तुको मुख्यनाका बाटनै फर्सीको बीउको तस्करी बढेको देखिएको छ । ठाउँठाउँमा चेकप्वाइन्ट थापेर बसेको नेपाल प्रहरी र सीमा सुरक्षाको जिम्मेवारी लिएको नाकामा बसेको सशस्त्र प्रहरीले तस्करी रोक्न नसकेको देखिएको छ । 

चाडपर्व नजिकिएसँगै भारतबाट रुपन्देहीको नाका हुँदै तस्करी पनि बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.