कस्तो छ, रक्तचाप ?

कस्तो छ, रक्तचाप ?
सुन्नुहोस्

‘ठीक छु’ भनेर रक्तचाप परीक्षण गर्न  नछुटाऔं। हृदय रोगका प्रमुख जोखिम कारकहरूमध्ये उच्च रक्तचाप प्रमुख हो।

हरेक पल धड्किरहेको मुटुले तर बेलबखत सानो संकेतलाई दिइरहेको छ छैन ? यदि संकेत दिइरहेको छ भने बेवास्ता नगर्नुहोस्। हेलचक्र्याइँ गर्दा अवस्था गम्भीर बन्न सक्छ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनका अनुसार, मुटु रोगका लक्षणहरूबारे जानेर समयमै उपचार खोज्नु बुद्धिमानी हुन्छ। 

मुटुरोग विश्वव्यापी रूपमा गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार सन् २०२२ मा विश्वभर करिब १ करोड ९८ लाख मानिसको मृत्यु मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारण भएको थियो। जुन विश्वका कुल मृत्युको करिब ३२ प्रतिशत हो। यीमध्ये ८५ प्रतिशत मृत्यु हृदयघात तथा मस्तिष्कघातका कारण भएका थिए। 

विश्वमा मुटु तथा रक्तनलीसम्बन्धी रोगको ठूलो हिस्सा न्यून तथा मध्यम आय भएका देशहरूमा देखिन्छ। नेपालमा पनि नसर्ने रोगको भार निरन्तर बढिरहेको छ। नेपाल बर्डेन अफ डिजिज २०१९ अनुसार सन् २०१९ मा नेपालमा भएका कुल मृत्युको ७१ दशमलव १ प्रतिशत नसर्ने रोगका कारण भएकोमा २४ प्रतिशत मृत्यु मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारण भएको थियो।

हृदय रोगका प्रमुख जोखिम कारकहरूमध्ये उच्च रक्तचाप प्रमुख हो। नेपाल स्टेप्स सर्भे,२०१९ अनुसार २४ दशमलव ५ प्रतिशत वयस्कमा उच्च रक्तचाप रहेको थियो। यससँगै अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, अधिक तौल तथा मोटोपन, सुर्तीजन्य पदार्थ तथा मदिराको सेवन, मानसिक तनाव, बढ्दो सहरीकरण र वायु प्रदूषण जस्ता व्यवहारजन्य तथा वातावरणीय कारकहरूले पनि हृदय रोगको जोखिम बढाउँने डा. भट्टचन बताउँछन्। 

नेपालमा पनि नसर्ने रोगको भार निरन्तर बढिरहेको छ। नेपाल बर्डेन अफ डिजिज २०१९ अनुसार सन् २०१९ मा नेपालमा भएका कुल मृत्युको ७१ दशमलव १ प्रतिशत नसर्ने रोगका कारण भएकोमा २४ प्रतिशत मृत्यु मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारण भएको थियो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मुटु रोगको रोकथाम, जोखिम कारकहरूको नियन्त्रण, समयमै पहिचान तथा प्रभावकारी उपचारका लागि विभिन्न कार्यहरू तथा पहलहरू सञ्चालन गर्दै आएको छ। साथै, स्वस्थ जीवनशैली प्रवद्र्धन, सुर्तीजन्य पदार्थ नियन्त्रण, रक्तचाप तथा अन्य रोगका जोखिम कारकहरूको पहिचान र व्यवस्थापनमार्फत मुटु रोगको भार न्यूनीकरण गर्न निरन्तर प्रयास भइरहेको डा. भट्टचन बताउँछन्। 
मुटु रोगको लक्षणहरू

  • छाती दुखे वा दबाब महसुस हुने
  • दुखाइ हात र ढाडतर्फ फैलिने
  • सास फेर्न गाह्रो हुने
  • रिंगटा लाग्ने वा असामान्य थकान हुने 

माथि उल्लेखित लक्षण हृदयघातका सम्भावित संकेत हुन्। अनुहार बांगिनु, हात कमजोर हुनु वा बोली अस्पष्ट हुनु मस्तिष्कघात (स्ट्रोक) का संकेत हुन्।  ‘यस्ता लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुगौं,’ डा. भट्टचन भन्छन्, ‘आजैदेखि मुटुको सुरक्षा गरौं। नियमित स्वास्थ्य परीक्षण गरौं।  रक्तचाप, रगतमा चिनीको मात्रा र कोलेस्ट्रोल नियन्त्रणमा राखौं। नुन तथा प्रशोधित खाद्य पदार्थको सेवन घटाऔं, फलफूल तथा तरकारीको सेवन बढाऔं, सुर्तीजन्य पदार्थ त्यागौं।  नियमित शारीरिक गतिविधि गरौं। मुटुको स्वास्थ्यलाई प्राथमिकता दिऔं।  स्वस्थ जीवनशैली अपनाआंै। मुटु रोगबाट बच्न आजैदेखि आवश्यक कदम चालौं।

  • मुटु जोगाउन यी कुरा सम्झौं

रक्तचाप जाँच्नुहोस उच्च रक्तचाप छ कि छैन थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गर्नुहोस्।

  • सुगर र कोलेस्ट्रोल नियन्त्रणमा राखौं

रगतमा चिनीको मात्रा र कोलेस्ट्रोल आवश्यकताअनुसार जाँच गराउनुहोस्।

  • नुन र प्रशोधित खाना घटाऔं

खानामा अत्यधिक नुन र प्रशोधित खाद्य पदार्थको प्रयोग कम गर्नुहोस्।

  • फलफूल र तरकारी मात्रा बढाऔं

दैनिक खानामा फलफूल तथा तरकारीको मात्रा बढाउनुहोस् 

  • शरीरलाई सक्रिय राखौं

नियमित शारीरिक गतिविधि गर्ने बानी बसाल्नुहोस् 

  • सुर्तीजन्य पदार्थ त्यागौं

धूमपान तथा अन्य सुर्तीजन्य पदार्थ मुटुका लागि जोखिमपूर्ण हुन्छन्। त्यसैले सुर्र्तीजन्य पदार्थ सेवन नगरौं।

  • वजन र जीवनशैलीमा ध्यान दिऊँ

अधिक तौल तथा मोटोपन नियन्त्रणमा राख्ने प्रयास गर्नुहोस् 

  • छाती दुखाइलाई सामान्य नठानौं

छातीमा दुखाइ वा दबाब, सास फेर्न गाह्रो, दुखाइ हात वा ढाडतिर फैलिनेजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जाने गरौं। 
अनुहार बांगिनु, हात कमजोर हुनु वा बोली अस्पष्ट हुनुजस्ता लक्षण देखिए ढिला नगरी जँचाऔं। ‘ठीक छु’ भनेर परीक्षण गर्न हेलचेक्र्याइँ नगरौं। मुटु रोगका केही जोखिम लक्षण नदेखिई एकाएक जटिल पनि हुन सक्छन्।  त्यसैले नियमित स्वास्थ्य परीक्षण गर्नु महत्त्वपूर्ण हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.