कांग्रेस महाधिवेशन : उद्घाटन र बन्दसत्र एकै ठाउँमा, विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने

कांग्रेस महाधिवेशन : उद्घाटन र बन्दसत्र एकै ठाउँमा, विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशन आजको उद्घाटन र बन्दसत्र एकै ठाउँमा हुने भएको छ। महाधिवेशन तालिकाअनुसार आज दिउँसो उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र र असोज २१ र २२ गते निर्वाचन हुने कांग्रेसले जनाएको छ।

खुलामञ्चमा नै बन्दसत्र सञ्चालनका लागि भिन्न भिन्न ठूला हलहरु बनाइएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुनेछ। हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउनु हुने प्रवक्ता चालिसे बताए। खुलामञ्चमा हुने महाधिवेशनका बन्दसत्रका लागि तीनवटा ठूला संरचनामा नाम हिमाल, पहाड र तराइ–मधेस नाम राखिएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार यो महाधिवेशनमा करिब सात हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशनमा हुने निर्वाचनमा उम्मेदवार हुने साथीहरुलाई पनि प्रचारप्रसारका डिजिटल माध्यम मात्र प्रयोग गर्न पार्टी आग्रह गरिएको छ। निर्वाचन समितिका अनुसार असोज १९ गते सोमबार अपराह्न २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता हुनेछ।

नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय बन्नेछ। १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ। यद्यपी बन्दसत्रको हलले विधान हेरफेर गर्ने तयारी छ। कांग्रेसले विद्युतीय मतदान प्रणाली प्रयोग नगर्ने भएको छ। प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै अन्तिम समयमा परम्परागत मतदान प्रणालीमै जाने भएको हो।

आवासका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कंलकी र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ। बिहान, दिउँसो र साँझको भोजन व्यवस्था भने भृकुटीमण्डपमा गरिएको आवास व्यवस्थापन समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.