कांग्रेस महाधिवेशनको सफलता

कांग्रेस महाधिवेशनको सफलता
सुन्नुहोस्

नेपाली कांग्रेसको १५औं महाधिवेशन काठमाडौंमा आइतबारदेखि सुरु भएको छ। ९ महिनाअघिमात्रै विशेष महाधिवेशन गरेको पार्टीको यो नियमित महाधिवेशन पनि विशेष छ। लोकतान्त्रिक पार्टीमा आन्तरिक लोकतन्त्रको महत्वपूर्ण कडी नियमित र आवधिक महाधिवेशन हो। कांग्रेस यसै पनि मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो।

प्रजातान्त्रिक/लोकतान्त्रिक कालखण्डमा सबैभन्दा धेरैपटक सत्तारोहण गरेको पार्टी आज प्रमुख प्रतिपक्ष दल बनेको छ। लोकतान्त्रिक शक्तिकै रूपमा उदाएको नवगठित पार्टीले झन्डै दुईतिहाइ ल्याउँदा कांग्रेसले भने गत फागुनको निर्वाचनमा दसौं लाख मतदाता गुमायो, अघिल्लो निर्वाचनको तुलनामा। एक त महाविधेशनबाट नेतृत्व नवीकरण वा नयाँ चयनको परम्परागत रीत पूरा हुनु छ भने अर्कोतिर कांग्रेसको जिम्मेवारी मुलुकको राजनीतिक परिस्थितिमा ठोस दिशाबोध गर्नु पनि हो। तसर्थ सांगठनिक तथा वैचारिक हिसाबमा यो 
महाधिवेशनले विशेष महŒव राख्छ।

लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरू नै लोकतन्त्रको सम्बद्र्धन र प्रवद्र्धन गर्ने हो। जनताले दलहरूमार्फत नै शासन सत्ताको जिम्मेवारी पूरा गर्ने विधि लोकतन्त्रमा हुन्छ। दलहरू सार्वजनिक संस्था हुन्। यिनले लिने विचार, दृष्टिकोण र कार्यनीतिबाटै लोकतन्त्रको वर्तमान र भविष्य निर्धारित हुन्छ, सँगसँगै मुलुकको पनि। यसपालिको महाधिवेशनमा सभापति गगन थापाले समन्नुत नेपालको प्रतिवेदनमार्फत आफ्ना वैचारिकी बहसमा लगेका छन्। २०१२ सालमा वीरगन्जमा भएको १२औं महाधिवेशनबाट प्रजातान्त्रिक समाजवादको सिद्धान्त अंगालेको हो। यसमा समयानुकुल परिवर्तनको खाका कांग्रेससँग हुने गरी नै सभापति थापा प्रस्तुत छन्। समयको मागलाई सम्बोधन गर्न सक्ने थापाका लागि भने पार्टीको अर्को भंगालोलाई समाहित गर्ने चुनौती छ, जो यो महाधिवेशनमा छुटेका छन्। निवर्तमान सभापति स्वयं शेरबहादुर देउवाको समूह महाधिवेशनमा सहभागी छैन र छुट्टै महाधिवेशन गर्दैछ।

कानुनी हिसाबमा गगनलाई वैधता प्राप्त भए पनि राजनीतिक रूपमा प्रजातन्त्र र पार्टीलाई महŒवपूर्ण योगदान गरेका शीर्ष नेता अलग रहनुको जिम्मेवारी थापाले लिनुपर्छ। यसबीचमा भएका प्रयास आफ्ना ठाउँमा छन्, तर समेट्न नसकेको तथ्य भने अकाट्य रहन्छ। एकातिर पार्टी प्रतिपक्षमा पुग्ने र अर्कोतिर आन्तरिक द्वन्द्वमा फस्ने गर्दा कांग्रेस थप कमजोर बन्न सक्छ। यसै पनि उसलाई प्रतिपक्षको भूमिकामा पनि कमजोर ठानिएको छ, संसद्मा उसको भूमिकामाथि प्रश्न छन्।

बदल्यौं कांग्रेस, बदल्छौं देश भनेर विशेष महाधिवेशनपछि चुनाव जाँदा पनि गगन नेतृत्वको कांग्रेसले पूर्ववर्ती सभापति देउवाका पालाको जति मत ल्याउन सकेन। गठबन्धन गरेरै भए पनि देउवाले सबैभन्दा ठूलो पार्टी बनाएका थिए, हाला कि उनीसमेत नेतृत्वले देशलाई सही दिशा दिन सकेन भनेरै जेन–जी आन्दोलन उठ्यो र कांग्रेससहितका पुराना पार्टीले धक्का बेहोर्नुप¥यो। यस सन्दर्भमा पार्टी झन् बढी एकगठ र बलियो बनाउनुपर्ने थियो। यही महाधिवेशन नै विभाजनको प्रमुख बिन्दु हुनुहुँदैन। युवालगायत धेरै क्लस्टरबाट केन्द्रीय समितिमा समावेशी संख्या निम्त्याइरहँदा पार्टीको ठूलो भंगालो छुट्नुले भने सही सन्देश दिन सकेको छैन।

युवाको समावेशीकरण केवल उमेरको हिसाबले मात्रै हुनुहुँदैन। स्वयं पार्टीको विचार, नीति तथा कार्यशैली पनि युवामैत्री र नयाँ हुनु जरुरी छ। धेरै मत ल्याउने उद्देश्यमात्रै राखेर विचार बिर्सन गइयो भने कांग्रेस जरा हल्लिएको रूख हुनसक्छ। त्यसैले यो महाधिवेशन फगत महाधिवेशन नभई नयाँ ऊर्जा र वैचारिकीसहितको यज्ञ हुनुपर्छ। युगानुकूल विचार र कार्यदिशाबिना महाधिवेशन सम्पन्न भयो भने यो केवल नेता छान्ने मेलामा सीमित हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.