सेप्टेम्बरमा १,०५,६५६ युनिट डेलिभरीसहित लिपमोटरद्वारा ऐतिहासिक विश्वव्यापी कीर्तिमान कायम

सेप्टेम्बरमा १,०५,६५६ युनिट डेलिभरीसहित लिपमोटरद्वारा ऐतिहासिक विश्वव्यापी कीर्तिमान कायम
सुन्नुहोस्

काठमाडौं । लिपमोटरले आफ्नो विश्वव्यापी विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्दै सेप्टेम्बर २०२६ मा विश्वभर १,०५,६५६ युनिट सवारीसाधन डेलिभरी गरेको छ। तेस्रो त्रैमासिकमा ३,१०,०५२ युनिट डेलिभरीको आँकडा पार गरेको छ। यो उपलब्धिसँगै ब्रान्डले लगातार तेस्रो महिना मासिक १,००,००० युनिटभन्दा बढी डेलिभरीको प्रतिष्ठित कोशेढुङ्गा पार गरेको छ। जसअनुसार सेप्टेम्बरमा वार्षिक आधारमा ५९५ र तेस्रो त्रैमासिकमा ७८.३५ को उल्लेख्य वृद्धि भएको छ।

यस त्रैमासिक गतिले सन् २०२६ को पहिलो नौ महिनामा लिपमोटरको कुल विश्वव्यापी डेलिभरीलाई ६,६६,५३९ युनिट पु¥याएको छ।  जसले सन् २०२५ को पूरा वर्षको कुल संख्यालाई समेत उछिनेको छ। विश्वव्यापी अटोमोटिभ क्षेत्रको अग्रणी कम्पनी स्टेलान्टिससँगको संयुक्त साझेदारी 'लिपमोटर इन्टरनेसनल' को सहयोगमा ब्रान्डको अन्तर्राष्ट्रिय उपस्थिति तीव्र गतिमा अघि बढिरहेको छ। हालसम्म यसको कुल विश्वव्यापी निर्यात १,५०,००० युनिट नाघेको छ भने युरोपमा बिक्री तथा सेवा सञ्जाल १,००० भन्दा बढी स्थानहरूमा द्रुत गतिमा विस्तार भइरहेको छ।

लिपमोटरले विश्वमै तीव्र गतिमा वृद्धि भइरहेको नयाँ ऊर्जा सवारीसाधन (NEV) आविष्कारकहरूमाझ आफ्नो स्थान थप मजबुत बनाउँदै गर्दा, साङ्ग्रिला मोटर्स प्रालिले यो विश्वव्यापी गतिलाई नेपालका सडकहरूमा निरन्तर भित्र्याइरहेको छ। T03, B03X, B10 र C10 जस्ता स्मार्ट तथा उच्च कार्यक्षमता भएका विद्युतीय सवारीसाधनहरूमार्फत यो ब्रान्ड नेपालभरका चालकहरूलाई उन्नत इभी प्रविधि, प्रिमियम सुरक्षा र भरपर्दो दिगो गतिशीलता प्रदान गर्न प्रतिबद्ध रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.