फोटोन नेपालले पेप्सीकोलामा नेपालकै ठूलो इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै
अत्याधुनिक सुविधासहितको नयाँ सेवा केन्द्रले बिक्रीपछिको सेवा र ग्राहक सहयोगलाई थप सुदृढ बनाउने
काठमाडौं : एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रालिले नेपालमा विगत लामो समय देखि फोटोन ब्राण्डका विभिन्न कमर्सियल सवारीसाधन बिक्री गर्दै आइरहेको छ।
बिक्रीपछिको सेवालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले नेपालमा अहिले इभी कमर्सियल क्षेत्रमा सबैभन्दा ठूलो व्यवस्थित र अत्याधुनिक सुविधा सहितको सर्भिस सेन्टर स्थापना गर्न लागेको छ। यसबाट ग्राहकलाई सहज, प्रभावकारी र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
सर्भिस विस्तारसँगै फोटोन ब्राण्डले ग्राहकलाई भरपर्दो बिक्री पछिको सेवा र जेन्युइन पाट्र्सको उपलब्धताका साथै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।पेप्सीकोलामा स्थापना भइरहेको नयाँ सर्भिस सेन्टरलाई फोटोनका सवारीसाधन बिक्रीपछिको सेवा, जेन्युइन पाट्र्स उपलब्धता, ब्याट्री परिक्षण तथा नियमित मर्मत सम्भार र ड्राइभर तथा प्राविधिक तालिम एउटै स्थानबाट उपलब्ध हुने गरी विशाल सर्भिस सेन्टरको अवधारणालाई मध्य नजर गर्दै सर्भिस सेन्टर तयार गरिएको छ।
गुणस्तरीय सेवा कायम राख्दै छिटो र प्रभावकारी रुपमा सवारी साधनको मर्मत सम्भार सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ।
प्रतिक्रिया दिनुहोस !