कमेरो खन्दा ढिस्कोले पुरिएर रामेछापमा एक जनाको मृत्यु

कमेरो खन्दा ढिस्कोले पुरिएर रामेछापमा एक जनाको मृत्यु
घटनास्थल र मृतक व्यक्ति । तस्बिर : युवराज पौडेल

काठमाडौं : घर लिपपोत गर्ने कमेरो माटो खन्नेक्रममा ढिस्को (पहिरो)ले पुरिएर रामेछापमा १ जनाको मृत्यु भएको छ। लिखु तामाकोशी-२ स्थित सैपुमा सोमबार कमेरो खन्न गएका सोमबहादुर महत मृत भेटिएका हुन्।

 null

वडा अध्यक्ष सन्तोष पौडेलका अनुसार सोमबार कमेरो खन्न गएका उनी नफर्किएपछि परिवार र स्थानीयले खोजी गर्नेक्रममा आज माटोले पुरिएको अवस्थामा महत फेला परेका हुन्। उनका अनुसार घर नफर्किएपनि भष्मे खोलाको कमेरो खन्ने स्थानमा पहिरो गएकाले पुरिएको हुनसक्ने आशंकामा आज पहिरो पन्छाउने क्रममा महतको शव भेटिएको हो। प्रहरी पनि अहिले घटनास्थलमा पुगेका छन्।

उक्त स्थानका माथिल्लो भागमा चट्टानसमेत रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.