‘पहिलो टेलुन टेनिस ओपन २०२६’ जारी, २५० बढी खेलाडी प्रतिस्पर्धामा

‘पहिलो टेलुन टेनिस ओपन २०२६’ जारी, २५० बढी खेलाडी प्रतिस्पर्धामा
सुन्नुहोस्

काठमाडौं : ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा ‘पहिलो टेलुन टेनिस ओपन २०२६’ खेल प्रतियोगिता जारी छ। सोमबारदेखि सुरु भएको सो प्रतियोगिता असोज २४ गतेसम्म सञ्चालन हुनेछ। आज पनि बिहानैदेखि खेल जारी रहेको छ।

नेपाल टेनिस संघ (एनटीए) को प्राविधिक सहयोगमा श्रीवत्स कम्पनी प्रालिले आयोजना गरेको यस प्रतियोगिताको व्यवस्थापन प्रणव खनाल र निजेज महर्जनको टोलीले गरिरहेको छ।

नेपालमा अहिलेसम्म आयोजना गरिएका टेनिस प्रतियोगिताहरूमध्ये इभेन्टको संख्याका आधारमा यो सम्भवतः सबैभन्दा ठूलो प्रतियोगिता भएको आयोजकले जनाएका छन्। प्रतियोगितामा ८ वर्षमुनिका बालबालिकादेखि ६५ वर्षभन्दा माथिका भेट्रान्ससम्मका २३ वटा फरक–फरक विधामा प्रतिस्पर्धा भइरहेको छ।

प्रतियोगितामा जुनियरतर्फ करिब १०० जना र सिनियरतर्फ १ सय ६० जना गरी २ सय ५० भन्दा बढी खेलाडीले सहभागिता जनाएका छन्। ६ वटा मुख्य कोर्ट र थप २ वटा कोर्ट गरी कूल ८ वटा कोर्टमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खेलहरू भइरहेका छन्। ६ दिनसम्म चल्ने यस प्रतियोगितामा कुल ३१४ भन्दा बढी म्याचहरू नकआउट ढाँचामा खेलाइँदै छ।

प्रतियोगितामा पुरुष तथा महिला सिंगल्स र डबल्स (ओपन), ३५+, ४५+, ५५+ र ६५+ उमेर समूहका सिंगल्स र डबल्स तथा यु–८ देखि यु–१६ सम्मका जुनियर छात्र/छात्रा सिंगल्सका खेलहरू समावेश छन्। प्रतियोगिताको अन्तिम दिन असोज २४ गते शनिबार बिहान ७ बजेदेखि यु–८ का खेलहरू हुनेछन् भने बिहान ८:१५ बजे ३५+ सिंगल्स र महिला सिंगल्सको फाइनल खेल हुनेछ। 

यस्तै बिहान १० बजे १ नम्बर कोर्टमा पुरुष सिंगल्सको फाइनल खेल हुनेछ। फाइनल खेल लगत्तै समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरिने आयोजक टोलीका खनालले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.