दिगोद्वारा Ullens School लाई १६ सीटरका ४० वटा इलेक्ट्रिक भ्यान हस्तान्तरण

दिगोद्वारा Ullens School लाई १६ सीटरका ४० वटा इलेक्ट्रिक भ्यान हस्तान्तरण

काठमाडौं : नेपालमा इलेक्ट्रिक मोबिलिटी समाधानको क्षेत्रमा अग्रणी रूपमा काम गर्दै आएको दिगो ले Ullens School लाई CHTC का १६ सीटर ४० वटा इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ। विद्यालय यातायातलाई अझ स्वच्छ, स्मार्ट र दिगो बनाउने दिशामा यो महत्वपूर्ण पहल हो।

उक्त गाडीहरू निर्माता कम्पनीका प्रतिनिधि  झु सियानसोंगले दिगो र Ullens School का प्रतिनिधिहरूको उपस्थितिमा औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। दैनिक यात्रु आवतजावतलाई सहज र भरपर्दो बनाउन डिजाइन गरिएका CHTC १६ सीटर इलेक्ट्रिक भ्यानले कम सञ्चालन खर्च, न्यून उत्सर्जन र शान्त यात्राजस्ता इलेक्ट्रिक मोबिलिटीका महत्वपूर्ण लाभ प्रदान गर्छन्।

४० वटा इलेक्ट्रिक भ्यान आफ्नो यातायात फ्लीटमा समावेश गरेर Ullens School ले परम्परागत इन्धनमा आधारित गाडीमाथिको निर्भरता घटाउँदै विद्यालय समुदायका लागि आधुनिक, प्रभावकारी र वातावरणमैत्री यातायाततर्फ ठोस कदम चालेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.