रिक्त पदमा मनोनयन गर्ने विषयमा एमाले स्थायी कमिटी बैठकमा जुटेन सहमति

रिक्त पदमा मनोनयन गर्ने विषयमा एमाले स्थायी कमिटी बैठकमा जुटेन सहमति

काठमाडौं : नेकपा (एमाले) स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन गर्ने विषयमा छलफल भएको छ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको बैठकमा पार्टी केन्द्रीय कमिटीमा रिक्त रहेका स्थानहरू, पोलिटब्युरो सदस्यहरूको मनोनयन तथा स्थायी समितिमा रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको हो। रिक्त पदमा मनोनयन गर्न विभिन्न नाममा छलफल भएपनि सहमति जुट्न नसकेपछि शनिबार पनि बैठक बोलाइएको छ।

बैठकपछि एमाले सचिव पद्मा अर्यालले रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको जानकारी दिइन्। मनोनयनका विषयमा स्थायी कमिटीका सदस्यहरूले आ-आफ्ना सुझावहरू प्रस्तुत गरेको उनले बताइन्। बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारीले ११ वर्षपछि आफू पुनः सक्रिय पार्टी जीवनमा फर्किएको जानकारी गराउँदै मुलुकमा लोकतन्त्र र संविधानप्रति देखिएको खतराको रक्षा गर्ने मुख्य दायित्व लोकतन्त्र स्थापना गर्ने राजनीतिक दलहरूको नै भएको बताएको अर्यालले जानकारी दिइन्। 

यस्तै, भण्डारीले विगतका आन्दोलनहरूमा आफू स्वयं सरिक भएको स्मरण गर्दै लोकतन्त्र र गणतन्त्रलाई अझ सुदृढ बनाउन तथा पार्टीमा आबद्ध भई योगदान पुर्याउने मनसायका साथ पार्टी जीवनमा फर्किएको धारणा राखेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.