कण्ठमा बसेको माण्ठ
एक तिमी हौ
जो मरेर पनि जीवित छौ ।
मेरो मृदुल हृदयमा
एकदिन म रित्तो भए।
सोझा समय नै गुमाए जस्तो लाग्यो
यादहरू अझै बाँकी रहेछन् पत्तै पाएन।
तुलसीको मठमुनि राख्दा
ढुकढुकीले अन्तिम धड्कन
धडकए जस्तो ग¥यो।
जब तिमीलाई त्यो आगनको किनारमा
कात्रोमा बेरिन थाल्यो
त्यो दिन समयले अन्तिम ठान्यो
लाग्थ्यो फर्केर आउँदैन के गर्नु अब
तर तिमी त्यही दिनदेखि मेरो कण्ठमा बस्यो।
मृदुल मनमा बस्यौ
तिमी धुवाँ भएर उड्यौ
खरानी भएर सकियौ
तर मेरो मनमा सदाबहार जीवित रह्यो।
म जति बाँच्छु मसँगै तिम्रा यादहरूरू पनि बाँचिरहन्छन्।
मैले फेर्ने सासहरूमा तिमीले पनि
श्वास फेरिरहेका छौं।
मेरो बन्द कोठाको दाहिने भित्ताको
देब्रे क्यान्भासमा
तिम्रा यादहरूलाई
कुनै संवादहरूलाई
कुनै आकृतिको बिम्ब दिँदै
मैले स्तम्भ बनाएको छु।
मैले मृत्यु पाएर
तिमीलाई जीवित पारेको छु।
मेरा यादहरूमा अँगालेको छु।
संवादहरूमा सम्हालेको छु।
आज पनि तिमीलाई जीवित राखेको छु।
- रिजन सिरकोटी
प्रतिक्रिया दिनुहोस !