कांग्रेस महाधिवेशन : बाँकी मतगणना आज दिउँसोबाट हुने

कांग्रेस महाधिवेशन : बाँकी मतगणना आज दिउँसोबाट हुने

काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार राति सार्वजनिक भएको मतपरिणाम अनुसार श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा निर्वाचित भएका हुन्।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बाँकी पदाधिकारी र सदस्यको मतगणना आज दिउँसोबाट सुरु हुनेछ। महाधिवेशनअन्तर्गत बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गणना गर्न सबै मतपेटिका सिल गरी लगिएको छ।

मतगणनाको प्रक्रिया अगाडि बढाउन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पूर्ण उम्मेदवारहरूलाई बैठकका लागि बोलाएको समितिले जनाएको छ।

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको मतदान कार्य शुक्रबार राति १० बजे सकिएको हो। महाधिवेशनमा देशभरि तथा जनसम्पर्क समितिबाट गरी कुल ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि बनेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.