सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध : गलौंदीमा ‘ब्याक कटिङ’ सुरु

सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध : गलौंदीमा ‘ब्याक कटिङ’ सुरु
सुन्नुहोस्

सडक भासिएको क्षेत्रमा भित्तो काटेर सवारी सञ्चालनमा ल्याइनेछ।

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ गलौंदी नजिकै भासिएको सडकखण्डमा ब्याक कटिङको काम सुरु गरिएको छ। सडक फराकिलो बनाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

आज बिहानबाट सुरु भएको काममा दुईवटा स्काभेटर प्रयोग गरी करिब २० मिटर भित्तो काटिनेछ। कुनै समस्या नआए शनिबार साँझसम्म सडक खुलाउने लक्ष्य रहेको सडक विभागले जनाएको छ।

नागढुंगा-नौबिसे-मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार सडक भासिएको क्षेत्रमा भित्तो काटेर सवारी सञ्चालनमा ल्याइनेछ। गलौंदीमा त्रिशूली नदीले नदीतर्फबाट कटान गरेपछि करिब ६० मिटर सडकखण्डमा समस्या आएको हो।

पृथ्वी राजमार्ग हुँदै सामान्य अवस्थामा दैनिक १७ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। दसैंका बेला यो संख्या दोब्बरसम्म पुग्ने गरेको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारी चालकले सास्ती खेप्नुपरेको छ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुहरूलाई सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना प्रकाशित नभएसम्म पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको जनाएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएको भागमा थप समस्या उत्पन्न भएपछि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।

गल्छी-नौबिसे-काठमाडौं सडकखण्ड सुचारु 

धादिङको गल्छी गाउँपालिका-७ स्थित मछेडी खोलानजिक पल्टिएको ग्यास बुलेट उठाएपछि गल्छी-नौबिसे-काठमाडौं सडकखण्ड सुचारु भएको छ। भारतीय नम्बर प्लेटको एचआर ३८ एएल ३१६७ नम्बरको ग्यास बुलेट पल्टिएपछि ग्यास लिक भएर हुने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उक्त सडकखण्डमा यातायात आवागमन रोकिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.